close

उपमेयरको गाडीमा आगजनी : नगरपालिका संघ मौन

उपमेयरको गाडीमा आगजनी : नगरपालिका संघ मौन

Trulli
ADVERTISEMENT

काठमाडौं- गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको २ दिन बितिसक्यो । यसबीचमा एकातिर स्थानीय जनप्रतिनिधिहरूको छाता संगठन नगरपालिका संघ मौन बसेको छ भने प्रहरीले पनि अभियुक्तको सुइको समेत पाउन सकेको छैन । 

आइतबार बिहान २ बजेको समयमा उपमेयर महतोको घरमा पार्किङ गरी राखिएको प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको थियो । उपमेयर महतोले पालिकाखबरसँगको संवादमा आफूमाथि यसअघि पनि पटक पटक आक्रमणको प्रयोस भएको बताएकी छन् । 

इलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरीक्षक  मनोज यादवका अनुसार उक्त घटनाको बारेमा सघन अनुसन्धान जारी छ । प्रहरीले अनुसन्धान कायम राखे पनि प्रहरी अभियुक्तसम्म पुग्न सकेको छैन । 

यता स्थानीय तहका जनप्रतिनिधिहरूको बारेमा बोल्ने संस्था नेपाल नगरपालिका संघले एउटा विज्ञप्तिसम्म निकाल्न सकेको छैन । उपमेयरको गाडी आगजनी हुँदा संघ किन बोलेन भनेर नगरपालिकासँगका अध्यक्ष भीमप्रसाद ढुंगानासँग कुरा गर्न खोज्दा आफू व्यस्त रहेको भन्दै बोल्न चाहेनन् ।