close

शुद्धोधन गाउँपालिकाका लेखा अधिकृत पाण्डेकोे ‘सम्झना’ बजारमा

शुद्धोधन गाउँपालिकाका लेखा अधिकृत पाण्डेकोे ‘सम्झना’ बजारमा

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका लेखा अधिकृत एवं गीतकार लक्ष्मण पाण्डेको ‘सम्झना’ बजारमा आएको छ । 

लक्ष्मण पाण्डे अफिसियल युट्युब च्यानलबाट सो गीत सार्वजनिक भएको हो । 

गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘सम्झना’ बोलको गीतमा लक्ष्मण पाण्डेको शब्द, गीतकार पाण्डेकै संगीत सिर्जना छ भने म्युजिक भिडियोमा गीता ढुंगाना, दिनेश कायस्थको अभिनय छ । त्यसैगरी, म्युजिक भिडियोमा संगीत संयोजक कमल सौरागले गरेका छन् ।

टिकटकबाट चर्चामा कमाएर मोडलिङमा प्रवेश गरेकी मोडल गीता ढुंगाना र दिनेश कठायतको अभिनय रहेको भिडियोमा प्रेमिकाले आफ्नो दीलको राजकुमारलाई सम्झेको रमाइलो पललाई निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । 

कमल सौरागको एरेन्ज रहेको गीतको कोरियोग्राफी निर्देशक स्वयंको हो । लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन् । पाण्डेले यसअघि पनि गीत बजारमा ल्याएका छन् ।