close

‘प्रेमगीत ३’को हिन्दी संस्करण विश्वका १२ सय र नेपाली १५० पर्दामा एकैसाथ रिलिज हुँदै

‘प्रेमगीत ३’को हिन्दी संस्करण विश्वका १२ सय र नेपाली १५० पर्दामा एकैसाथ रिलिज हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने भएको छ । त्यसैगरी, नेपालका डेढ सय पर्दाबाट प्रदर्शन हुने  भएको छ । 

बलिउड हंगामा डटकमका अनुसार भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ । भारतमा मात्र डेढ करोड भारुको ओपनिङ हुने विभिन्न भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

त्यसैगरी, यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायत देशमा पनि  फिलिम एकसाथ रिलिज हुने बताइएको छ ।