close

रारा सौन्दर्य जोगाउन जुट्यो सेना

रारा सौन्दर्य जोगाउन जुट्यो सेना

Trulli
ADVERTISEMENT

मगु– कोरोना महामारीले नेपालका प्रमुख पर्यटकीय स्थल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या न्यून छ ।  प्रमुख पर्यटकीय स्थलमध्ये रारातालको महिमालाई अझ उजिल्याउन नेपाली सेनाले पहल थालेको छ ।


नेपालकै सबैभन्दा ठूलो तालका रुपमा परिचित रारालाई केही समय कोरोनाले खाएपछि सुनसान थियो । सरकारले लकडाउन खुकुलो पारेपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक रारा घुम्न आउनेको संख्या वृद्धि हुन थालेको छ । विस्तारै लयमा फर्किंदै गरेको राराको फोहोर सफा गर्न नेपाली सेनाको श्रीदल गुल्मले तालवरिपरि सफाइ सुरु गरेको हो ।


रारातालभित्रका विभिन्न प्लास्टिकजन्य वस्तु, २ सय केजी सिसा डिस्पोज गरेको  सेनाको श्रीदल गुल्म मुगुका गुल्मपति प्रतीकसिंह कार्कीले बताए । ‘रारा राष्ट्रिय निकुञ्जमा खटिएको सुरक्षार्थ टोली, नन्दबक्स गण जुम्ला, पर्यटन व्यवसायी, राराताल छेउका होटल व्यवसायी, सेनाको २४ नम्बर बाहिनी अड्डाको संयोजनमा सफाइ अभियान चलाइएको हो,’ कार्कीले भने ।

 

एनका अनुसार राराताल सरसफाइ कार्यक्रम जारी रहनेछ । रारामा थप पर्यटक बढाउन र यसको सौन्दर्य बचाइराख्न ताल सफाइ गरिएको हो । कर्णालीको मुगुमा अवस्थित राराताल समुद्री सतहदेखि २९ सय ९० मिटरको उचाइ र ३ किलोमिटर चौडाइको छ भने ५ किलोमिटर लम्बाइ छ ।