close

दमकल खरिद गर्दै बर्दघाट नगरपालिका

दमकल खरिद गर्दै बर्दघाट नगरपालिका

Trulli
ADVERTISEMENT

पश्चिम नवलपरासी– जिल्लाको बर्दघाट नगरपालिकाले आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि दमकल खरिद प्रक्रिया अगाडि बढाएको छ ।


नगरले विद्युतीय बोलपत्रमार्फत दमकल खरिद प्रक्रिया यसअघि नै सुरु गरेको थियो । दमकल खरिद जिम्मा अटो ओएज कम्पनी बुटवलले पाएको छ । ६० लाख रुपैयाँमा खरिद गरिने दमकल कात्तिक मसान्तभित्र ल्याउने तयारी सुरु भइसकेको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताए ।


गत आर्थिक वर्षबाट उक्त तयारी भए पनि कोरोना लकडाउनले दमकल खरिद हुन सकेको थिएन । ०७७ कात्तिक मसान्तसम्म दमकल ल्याउने सम्झौता नगर र कम्पनीबीच भएको थियो । ‘कम्पनीले समयमै दमकल ल्याउला भन्नेमा विश्वस्त छौं । समयमै नल्याए कानुनबमोजिम कारबाही गर्छौं’, काप्mलेले भने ।


नगरमा आगलागीका हुँदा दमकल अभावले बर्सेनि लाखौं रुपैयाँको क्षति पुग्ने गरेको छ । गत वर्ष दमकल खरिद गर्न नगरले बजेट व्यवस्थापन गरेको थियो । आगलागीका घटनाबाट व्यावसायिक प्रतिष्ठानका साथै बस्तीमा समेत क्षति हँुदै आएको छ ।


नगरप्रमुख धीरज शर्मा बस्याल बर्दघाटमा बढ्दो सहरीकरणसँगै आगलागीबाट हुने जोखिम न्यूनीकरण गर्न खरिद ऐनबमोजिम दमक ल्याउन लागिएको बताउँछन् ।


यसअघि नगरप्रमुख बस्यालको कार्यकक्ष र पाठक खाद्य मसला उद्योगमा आगलागी हुँदा दमकलको विषय चर्चामा आएको थियो । स्थानीय रुपमा पनि निजी क्षेत्रले दमकल खरिदबारे चासो व्यक्त गर्दै आएको छ ।


‘नगरमा आगलागी नियन्त्रण गर्न दमकल अति आवश्यक छ । हामीले यसबारे नगरपालिकालाई बेलाबेला झस्काउने गरेका छौं’, बर्दघाट उद्योग वाणिज्य संघ अध्यक्ष लेखनाथ न्यौपानेले भने, ‘आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न दमकल छिट्टै आओस् । यसमा हाम्रो साथ रहन्छ ।’


नगरमा दमकल नहुँदा रामग्राम र बुटवल उपमहानगरबाट ल्याउनुपर्ने बाध्यता छ ।


जिल्लाको पुरानो नगरपालिका रामग्राममा एउटा मात्र दमकल छ । उक्त दमकलले जिल्लाका ७ वटै पालिका, रुपन्देहीका केही पालिका र नवलपुरसम्म सेवा दिँदै आएको छ । नवलपुरस्थित कावासोती नगरमा पनि दमकल छ ।


‘रामग्राममा २ दमकल भए पनि एउटा बिग्रिएको अवस्थामा छ’, रामग्राम नगर कार्यपालिका सदस्य रोशन साहले भने, ‘त्यसको पार्टस् नपाउँदा मर्मत हुन सकेको छैन ।’