close

अपराध न्युनीकरण गर्न वडाको बेग्लै आचारसंहिता

अपराध न्युनीकरण गर्न वडाको बेग्लै आचारसंहिता

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– गाउँमा चोरीका घटना हुन थालेपछि बर्दघाट–१६ का स्थानीयले आफ्नै नियम बनाएका छन् । नियमित रुपमा रातमा चोरी डकैती लुटपाट र आगजनी भएपछि  बर्दघाट– १६ का सरोकारवालाले आचारसंहिता बनाएका हुन् ।


वडाध्यक्ष सुक बहादुर गुरुङको आव्हानमा सरोकारवालाबीचको भेला तथा अन्तरक्रियाले वडामा शान्ति सुरक्षा कायम गर्न आचारसंहिता बनाएको स्थानीय इन्द्र गुरुङले बताए ।


‘वडाभित्र किसानहरुको टौवा जलाउनेदेखि साना तथा ठूला चोरी हुन थालेपछि टोल विकास संस्था, क्लब एंव संघसंस्थाका प्रतिनिधि र प्रहरीसमेत बसेर गाउमा भएका घटनाहरुको श्रृखला हेर्दै ५ बुँदे नियम बनाएको छौं’, उनले भने, ‘गाउँमा सवारीसाधनको इन्धन चोरीदेखि ४ वटा परालका टौवामा आगजनी भएका छन् । घटना न्युनीकरणका लागि वडावासीले नियम बनायांै ।’


स्थानीयले दशैलगतै गाउँमा घटना तथा अपराध बृद्धि भएको गुनासो गरेपछि ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुखसहितको भेलाबाट नियम बनाइएको वडाध्यक्ष सुकबहादुर गुरुङको भनाई छ ।

यस्तो छ आचारसंहिता

१.  बेलुकी ९ बजेसम्म अत्यावश्यक एवं स्वास्थ्य संस्था बाहेक सबै व्यवसाय अनिवार्य बन्द गर्नुपर्ने छ ।


२. वडाका कुनै पनि ठाउमा दुई जना भन्दा बढी भेला हुन पाइने छैन ।


३) हरेक टोलटोलमा टोल सुधार समिति र युवा क्लवका प्रतिनिधिले टोलमा हुन सक्ने सम्भाव्य घटना बारे गोप्य अनुगमन गर्नुपर्नेछ ।


४. कुनैपनि परम्परागत सामाजिक या सांस्कृतिक कार्यक्रम गर्नुपर्ने भएमा अनिवार्य रुपमा वडा कार्यालयको  पूर्वस्वीकृति लिनुपर्नेछ ।


५. वडा कार्यालय भवन आसपास र  वडाभित्र शंंकास्पद जमघट गर्न नपाउने र यसको नियमित गस्ती इलाका प्रहरी कार्यालय सेमरीले गर्ने  र त्यस कार्यमा सबै स्थानीय वासिन्दाले सहयोग पु¥याउनुपर्नेछ ।