close

बलात्कार अभियोगमा वडासचिव पक्राउ

बलात्कार अभियोगमा वडासचिव पक्राउ

Trulli
ADVERTISEMENT

महोत्तरी–भंगहा नगरपालिका वडा नम्बर ९ का वडासचिव बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

५१ वर्षीय मिथिलेश यादव एकजना ३५ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा  बुधवार राती पक्राउ परेको प्रहरीले जनाएको छ ।

पीडितले दिएको जाहेरी र वयानका आधारमा वडासचिवलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । बजारबाट घर फर्कदै गर्दा भंगाहामा वडासचिवले बलात्कार गरेको युवतीको दावी छ । युवती विवाहित भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी टिका प्रसाद केसीले घटना लगत्तै  पीडित महिलाले प्रहरी चौकीमा आएर घटनाबारे जाहेरी दिएपछि  आरोपीलाई पक्राउ गरिएको जानकारी दिए ।