close

वडाध्यक्षले भ्रष्टाचार गरेको भन्दै वडा कार्यालय घेराउ

वडाध्यक्षले भ्रष्टाचार गरेको भन्दै वडा कार्यालय घेराउ

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको राजपुर नगरपालिका–७ अकोलवाका वडा अध्यक्ष शेख इन्ताजुल हकले भ्रष्टाचार गरेको भन्दै स्थानीय बासिन्दाले आज वडा कार्यालय पुगेर नारावाजी गरेका छन् ।

वडा अध्यक्ष हकले मेयर सकिल अख्तर साथै वडा सचिवसँग मिलेमतो गरी विकासको नाममा वडाको बजेटमा ब्रहमलुट मचाएको आरोप लगाउँदै स्थानीय बासिन्दाहरुले वडा कार्यालय घेराउ गरी चर्को नाराबाजी गरेका छन् ।

कागज मै सडक ढलान गरी रकम निकालेको, ढलान गरिएको सडकको गुणस्तर नभएको, वृद्धभत्ता वितरणमा अनयिमितता गरेकोलगायतका आरोप स्थानीयको छ ।

जनचेतनामूलक तालिम गोष्ठी नै नगरी करिब २० लाख रकम सामाजिक बिकासको नाममा झिकेको, कोरोनाको नाममा वडालाई पप्त भएको राहत नवाँढेकोलगायतका आरोप स्थानीयको छ ।

वडा अध्यक्ष इन्ताजुल हकले निर्वाचित भएयता आफुखुसी बजेट परिचालन गरेकोमा पनि स्थानीयको आक्रोस छ । वडा अध्यक्षविरुद्ध गठित भ्रष्टाचार हटाउ संघर्ष समितिका अध्यक्ष रामप्रवेश सहनीको नेतृत्वका स्थानीयले  वडा घेराउ गरेका हुन् ।

अबको केही दिन भित्रमा खर्च विवरण जनतामा सार्वजनिक नगरे वडा अध्यक्ष हकको भ्रष्टाचारको विरुद्ध चरणबद्ध आन्दोलन गर्ने स्थानीयहरूले चेतावनी दिएका छन ।

भ्रष्टाचार गरेकाे छैनः वडा अध्यक्ष

यता वडा अध्यक्ष शेख इन्ताजुल हकले आफू एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्  । केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति नहुँदा आफूलाई बद्नाम गर्न आफ्ना बारेमा कपोकल््पत एवं झूठा आरोप लगाएको उनको भनाई छ । अबको  दुई तीन दिन भित्रमा आफूले गरेको सम्पूर्ण विकास निर्माणको कामको खर्च सार्वजनिक गर्ने वडा अध्यक्ष हकले बताए ।