चितवन- चितवनको भरतपुर महानगरपालिकाका पूर्वनगरप्रमुख हिमबहादुर पियाको बुधबार निधन भएको छ । पूर्वनगरप्रमुख पियाको ८१ वर्षको उमेरमा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्व. पिया भरतपुर महानगरपालिका– २ क्षेत्रपुरका हुन् ।
२०४३ मा भरतपुर नगर पञ्चायतको प्रधानपञ्च र बहुदलपछि दोस्रो पटक २०५४ मा तत्कालीन भरतपुर नगरपालिकाको नगरप्रमुख निर्वाचित भएका थिए ।
भरतपुर महानगरले सार्वजनिक सूचना जारी गर्दै पूर्वनगरप्रमुख पियाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । पियाको निधनप्रति भरतपुर महानगर र यसअन्तर्गतका सबै कार्यालय बुधबार बन्द गरिएको छ ।