close

हेलिकोप्टर कुर्दाकुर्दैै गयो वडा सदस्यको ज्यान

हेलिकोप्टर कुर्दाकुर्दैै गयो वडा सदस्यको ज्यान

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)– पुथाउत्तरगंगा गाउँपालिका- १ का वडा सदस्यको निधन भएको छ । पुथा- १ मैकोट घर भएका वडा सदस्य नन्दजित पुन (गोविन्द)को शुक्रबार राती ६८ वर्षको उमेरमा निधन भएको हो ।

 

उनीलाई गत २१ असोजबाट हल्का ज्वरो देखापरेको, पखाला र बान्ता हुने समस्या देखिएको थियो भने कम्मरभन्दा तलको भाग नचल्ने र पिसाबसमेत बन्द भएको उनका छोरा दलबहादुर पुनले जानकारी दिए । बिरामी परेपछि उनलाई स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।

 

जिल्ला अस्पताल टाढा भएको र नजिकै गुणस्तरीय स्वास्थ्य सेवासहितको स्वास्थ्य संस्था नभएपछि उनलाई आज उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको थियो । तर, उनको गए राती नै निधन भएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिइन् । पुन तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।