close

पुरानै स्वरुपमा फर्किंदै काष्ठमण्डप

पुरानै स्वरुपमा फर्किंदै काष्ठमण्डप

Trulli
ADVERTISEMENT

काठमाडौं-  २०७२ को भूकम्पले क्षति पु¥याएको राजधानी काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा निर्माणले गति लिन थालेको छ । राजधानीको मुटुमा ठडिएको काष्ठमण्डपलाई पनि भूकम्पले ध्वस्त बनायो ।


भूकम्पले ढालेको पाँच वर्षपछि काष्ठमण्डप पुरानै स्वरुपमा फर्कनै लागेको छ । २०७५ मा पुरानै शैलीमा निर्माण सुरु भएको काष्ठमण्डप पुनर्निर्माणको काम  हालसम्म ७५ प्रतिशत सम्पन्न भएको छ ।


१५ सय वर्ष पुरानो मौलिक प्रविधि अपनाएर स्वदेशी सीप, पुँजी, प्रविधि र श्रमलाई प्रयोग गरी ३ वर्षभित्र बनाउने गरी ०७४÷७५ को नीति तथा कार्यक्रममा समावेश गरेपछि पुनर्निर्माणले गति लिएको हो ।


उक्त सम्पदा पुनर्निर्माणका लागि अमलेखगन्ज, बर्दिबासलगायत स्थानबाट काठ ल्याइएको छ भने कालीमाटी, धरहरा आदि स्थानको माटो प्रयोग गरी निर्माण भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं बाग्मती प्रदेशका सांसद राजेश शाक्यले जानकारी दिए ।


उनले भने, ‘सालको काठ मात्र ल्याइएको छ । विभिन्न स्थानमा रुख काटिएकाको  काठ ल्याइएको छ । काष्ठमण्डप पुनर्निर्माणको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले गर्दै छ ।’


२०७५ जेठमा सम्झौताभएअनुसार काठमाडौं महानगरले हालसम्म  साढे १० करोड दिइसकेको छ । ‘सोही खर्चमा बसेर काम गरिरहेका छौं ।  समस्यामा अल्झिएका छैनौं । निर्माण अगाडि बढिरहेको छ’, शाक्यले भने ।


काष्ठमण्डप बनाउन तोकिएको ३ वर्षको समयभित्रै काम पूरा हुने उनले दाबी गरे । चालू आर्थिक वर्षभित्रै काष्ठमण्डप पुरानै स्वरुपमा ठडिने उनको विश्वास छ ।