close

हुम्लाको राया गाउँमा बत्ती बलेको ३ दिन नबित्दै तोडफोड

हुम्लाको राया गाउँमा बत्ती बलेको ३ दिन नबित्दै तोडफोड

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिका- ३ को राया गाउँमा चार दिन अगाडि १४ कात्तिकमा गते उद्घाटन भएको विद्युत अज्ञात समूहले तोडफोड गरेको छ ।


राया खोला जलविद्युतको पावर हाउसको झ्याल, विद्युत सप्लायर्स तारलगायतका सामग्री अज्ञात समूहले आइतबार राती तोडफोड गरेक हो । 


नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा क्षेत्र विकास कोषबाट एक करोड रुपैयाँको लगानीमा निर्माण कार्य सम्पन्न भएर उद्घाटन गरी गाउँमा बत्ती बलेको अवस्थामा अज्ञात समूहले तोडफोड गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । 


गाउँमा वर्षौंपछि उज्यालोका लागि विद्युत सेवा जडान गरिएको भए पनि गाउँका केही ‘लफङ्गा युवा समूह मिलेर’ एक करोड रुपैयाँ लगानीबाट बनेको उक्त विद्युत तोडफोड गरेको अध्यक्ष रावलले बताए । पावरमा रहेका विद्युतका रहेका सामग्री तोडफोड गर्दा गाउँ पुरानै अन्धकारको अवस्थामा पुगेको छ । 


१४ कात्तिकमा उद्घाटनका दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस दुई समूहबीच गाउँमा विवादसमेत भएको थियो । उद्घाटनका दिन नेपाली कांग्रेसका जीवनबहादुर शाहीलाई उद्घाटनमा नेकपाका युवाले अवरोध गर्न खोजेका कारण आइतबार विद्युत तोडफोडमा नेकपाका युवा संलग्न रहेको गाउँपालिका अध्यक्ष रावलले आरोप लगाएका छन् ।