close

काठमाडौं महानगर प्रमुखको आक्रोसः महानगरलाई माग्नेको शहर बनाउन खोजेको हो ?

पार्टी प्यालेसमा खुवाउनूस् भाडा तिर्छु

काठमाडौं महानगर प्रमुखको आक्रोसः महानगरलाई माग्नेको शहर बनाउन खोजेको हो ?

पार्टी प्यालेसमा खुवाउनूस् भाडा तिर्छु

Trulli
ADVERTISEMENT

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनलाई विकल्प खोज्नुपर्ने बताएका छन् ।

 

बुधबार पत्रकार सम्मेलन गरी फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित भएको भन्दै व्यवस्थित तवरले गर्नूपर्ने बताए ।


पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाएर स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने हाम्रो चाहना छ ।’

 
कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकलाई काठमाडौँ महानगरपालिकाले शुरुदेखि नै सहयोग गर्दै आइरहेको उनको दावी छ ।

 
लकडाउन अवधिभर खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ राहत वितरण र खाना खुवाउने कार्य गरेको बताएका छन् । सो अवधिमा मात्रै काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको उनको दावी छ ।


‘कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी हुनुहुन्छ भने उहाँहरूले आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध छ ।’


‘हुनेखानेले मात्रै होइन नहुनेले पनि स्वस्थकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौँ महानगर यो मान्यतामा दृढ छ,’ महानगर प्रमुख शाक्यले भने, ‘श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’

पार्टी प्यालेसमा खुवाउनुस् भाडा तिर्छु

मेयर शाक्यले भने, ‘पार्टी प्यालेस लगयतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्नुहोला । महानगरपालिका पार्टी प्यालेसको भाडा व्यहोर्न तयार छ ।’ उनले जिम्मेवारपूर्वक ढंगले व्यवस्थापन गर्न महानगर तयार रहेको भन्दै सम्वन्धित नियकायसँग समन्वय भइरहेको बताएका छन् ।


‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौं महानगरपालिकाको नीति नै हो । अरुको आसय पनि यही हो’ शाक्यले भने, ‘समस्यामा परेका श्रमिक, गरिव र असहायलाई दुई छाक खाने व्यवस्था सजिलै गर्न सकिन्छ ।’ महानगरपालिका क्षेत्रभित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सीपको आधारमा रोजगारी दिएर जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको उनले बताए ।

 

कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाउँदा स्वास्थ्य जोखिम समेत बढेको उनले बताए ।