close

सिमकोट विमानस्थलमा बढ्न थाल्यो यात्रुको चाप

सिमकोट विमानस्थलमा बढ्न थाल्यो यात्रुको चाप

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरूको चाप बढ्न थालेको छ । कोरोना संक्रमणको डरले जिल्लाबाहिरका काठमाडौं, सुर्खेत, नेपालगंज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरू पुनः लकडाउन खुकुलो भएसँगै पढाइका लागि भन्दै जिल्लाबाहिर जान थालेपछि सिमकोट विमानस्थलमा दैनिक यात्रुको चाप बढ्दै गएको हो । 


लामो समयको लकडाउनपछि अनलाइन माध्यमबाट पढाइ र परीक्षा हुन थालेपछि हुम्लामा इन्टरनेटले राम्रो काम नगरेकाले घर पुगेका विद्यार्थीहरू दशैँ सकिएलगत्तै जिल्लाबाहिर जान थालेका हुन् ।


जिल्लाबाहिर जानेको संख्या दैनिक बढ्दै गएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । दैनिक ५० जनाभन्दा बढी यात्रु जिल्लाबाहिर गइरहेका जनाइएको छ । 


नेपालगंज र सुर्खेतबाट बिहानदेखि बेलुकासम्म उडान भर्दै आएका निजी हवाई जहाजहरूले एक महिनायतादेखि विमानस्थलको स्तरोन्नति कार्य भइरहेको हुँदा बिहान ६ बजेदेखि १० बजेसम्म मात्र उडान भर्ने भएकाले यात्रुलाई टिकट पाउन समस्या हुन थालेको छ ।