close

घुस लिदालिदै यसरी समातिए बेलकोटगढीका इञ्जिनियर (भिडियो खबर)

घुस लिदालिदै यसरी समातिए बेलकोटगढीका इञ्जिनियर (भिडियो खबर)

ADVERTISEMENT

नुवाकोट– नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।


घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पु¥याउने बेलकोटगढी नगरपालिका– ८ का नारायण भट्टलाई अख्तियारले आज बट्टारबाट पक्राउ गरेको हो ।

 

अख्तियारका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टारको एक होटलबाट पक्राउ गरिएको हो । सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको ७५ हजार रुपैयाँ बरामद भएसँगै ‘घुस रिसवत भ्रष्टाचार’ मुद्दामा कारबाहीका लागि उनीहरू दुवै जनालाई अख्तियारले पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको छ ।

 

पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले कारबाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने जनाएको छ ।