close

लिखुमा राष्ट्रिय परिचयपत्र दर्ता अभिमुखीकरण

लिखुमा राष्ट्रिय परिचयपत्र दर्ता अभिमुखीकरण

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको लिखु गाउँपालिकाले राष्ट्रिय परिचयपत्र दर्ताका लागि अभिमुखीकरण सम्पन्न गरेको छ । परिचय प्राप्त गर्न आवश्यक दर्ता प्रक्रिया तथा यसको महत्व बुझाउन अभिमुखीकरण कार्यक्रम चलाइएको हो । 


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गाउँपालिकाको टोलटोलमा टोली खटाएर दर्ता अभियान सुरु गर्ने तयारी गरेको छ । दर्ता सुरु गर्नुपूर्वको तयारीका लागि अभिमुखीकरण सञ्चालन गरिएको पालिकाले जनाएको छ ।


अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायत जिल्लास्थित सरकारी निकायका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतको टोली सहभागी भएको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत द्रोणकुमार धमलाले बताए । 


दर्ता अभियान तिहारलगत्तै सुरु हुने भएकाले तयारीका लागि अभिमुखीकरण राखिएको हो । प्रत्येक गाउँपालिकामा ४० दर्ता टोली खटाएर वडा तथा गाउँस्तरबाट परिचयपत्रका लागि दर्ता गरिनेछ । परिचयपत्रमा वैयक्तिक तथा जैविक विवरण उल्लेख हुने भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ ।