close

त्रिदेशीय सीमा छाङ्गरुमा बल्ल पुग्यो ल्याण्डलाइन फोन

त्रिदेशीय सीमा छाङ्गरुमा बल्ल पुग्यो ल्याण्डलाइन फोन

Trulli
ADVERTISEMENT

दार्चुला– सुरक्षाकर्मीको बाह्रैमास उपस्थित भएसँगै दार्चुलाको त्रिदेशीय सीमा नजिकैको छांगरुमा नेपाल टेलिकमको ल्याण्डलाईन सेवा सुविधा पुगेको छ । नेपाल टेलिकमले एन्टी सेट टेलिसेन्टरमार्फत ल्याण्डलाईन सेवा पुर्याएको हो ।


सशस्त्र प्रहरी र स्थानीयलाई लक्षित गर्दै नेपाल टेलिकमको लिज लाईन प्रयोग गर्दै दुई लाईन ल्याण्डलाईन जडान गरिएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।


सशस्त्र प्रहरीलाई प्राथमिकता दिएर सरकारले टेलिकमको लिज लाईन उपलब्ध गराएको हो । सशस्त्र प्रहरीलाई दिएकै लाईन सुविधामार्फत एक लाईन स्थानीयलाई प्रयोग गर्न मिल्ने सुविधा दिइएको छ ।


व्यासको छांगरुमा यो वर्षदेखि सशस्त्र प्रहरी राखेपछि प्रभाकारी सञ्चारको लागि भन्दै ल्याण्डलाईन सुविधा पुर्याएको हो । स्काई टावरमार्फत सञ्चार हुँदै आएको थियो ।


ल्याण्डलाईन जडान भएपछि सशस्त्र प्रहरीको सञ्चारमा मद्यत पुगेको छ । मंसिरबाट हिमपात हुन थाल्छ । हिमपातमा पनि सशस्त्र प्रहरी छांगरुमै बस्ने भएपछि स्काई टावरले काम गर्न सक्ने अवस्था नहुने भएपछि ल्याण्डलाइन प्रभावकारी बन्नेछ ।  


यस्तै व्यासको छांगरुमै नमस्तेको टावर जडानको लागि उपकरण जडान सुरु भएको छ । टेलिकको जगमा टावर राख्ने काम भइरहेको छ ।