close

प्रहरीकाे गोली लागेका न्यौपानेको मृत्यु

प्रहरीकाे गोली लागेका न्यौपानेको मृत्यु

Trulli
ADVERTISEMENT

 

महोत्तरी– वालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

 

बर्दिबासका सन्जय न्यौपानेको उपचारको क्रममा काठमाडाैंको ग्राण्डी अस्पतालमा आज मृत्यु भएको हो । तिघ्रामा गम्भीर चोट लागेका न्यौपानेलाई बर्दिबासका अस्पतालमा उपचार हुन नसकेपछि तत्काल काठमाडाैंबाट हेलिकप्टर बोलाएर उद्दार गरिएको थियो ।

 

तिघ्रामा गोली लागेपछि उच्च रक्तस्राव भएको र समयमा नै  रगत दिन नसकिएकोले उनको मृत्यु भएको अस्पतालले जनाएको छ । हिजो आक्रामक भिडलाइ नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा  न्यौपानेसहित ३ जना घाइते भएका थिए । अन्य २ जना घाइते श्याम कार्की र अफताव आलमको बर्दिबास कै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।