close

निषेधाज्ञा ताेडिएपछि बर्दिबास दिनभर तनावग्रस्त (भिडियाे खबर)

निषेधाज्ञा ताेडिएपछि बर्दिबास दिनभर तनावग्रस्त (भिडियाे खबर)

ADVERTISEMENT

महोत्तरी - बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले प्रहरीको निषेधाज्ञा तोडेर इलाका प्रहरी कार्यालय गौरीडाँडा घेर्न जान अगाडि बढ्ने क्रममा झडप भएको हो ।

 

स्थानीय एक बालिकाको बलात्कारपछि हत्या र संजय न्यौपानेको प्रहरीको गोली लागी मृत्यु हुनुमा प्रहरीकै  योजना भएको आरोप लगाउँदै स्थानीयहरू थप आन्दोलित भएका छन् ।

 

संजय न्यौपानेलाई गोली हान्ने र आदेश दिने प्रहरीलाई तत्काल निलम्बित गर्नुपर्ने, मृतक संजयलाई शहीद घोषणा गर्नुपर्ने र उनको परिवारको भरणपोषण तथा बच्चाबच्चीको शिक्षा(दीक्षामा समेत सरकारले जिम्मेवारी लिनुपर्ने  माग गर्दै स्थानीयहरूले नाराबाजी गरेका छन् ।

 

यता, सर्वसाधारणहरूको मागलाई सम्बोधन गर्न वार्ता टोलीसमेत गठन भएको छ । आजै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल र वार्ता टोलीबीच वार्ता भएको छ ।

 

वार्तामा सर्वसाधारणको मागलाई सहज ढंगले सम्बोधन गरिने र सम्पूर्ण मागहरूलाई गृह मन्त्रालयमा पेस गरिने भन्दै आश्वासन दिएको वार्ता टोलीका एक जना सदस्य राजु खड्काले जानकारी दिए ।

 

प्रदर्शनकारीले भने आफ्ना मागहरूलाई कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । बालिका बलात्कारपछी हत्या गरेको घटनालाई लिएर महोत्तरीका अन्य ठाउँहरूमा समेत प्रदर्शन भएको छ ।

 

महोत्तरीको सदरमुकाम जलेश्वर र भङगाह नगरपालिकामा पनि पीडित परिवारले न्याय पाउनुपर्ने भन्दै स्थानीयहरूले प्रदर्शन गरेका छन् ।