close

सिस्नेका असहायलाई न्यानो कम्बल

सिस्नेका असहायलाई न्यानो कम्बल

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर- ५ ले असहायलाई कम्बल वितरण गरेको छ । वडाका असहाय ९० जनालाई प्रतिव्यक्ति एउटा कम्बल वितरण गरिएको हो । 


वडाले वडाका विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएकालाई कम्बल वितरण गरेको हो ।


हरेक वर्ष वडाको लक्षित बजेटले चिसो मौसमलाई दृष्टिगत गरी कम्बल वितरण कार्यक्रम चलाइरहेको वडा अध्यक्ष शान्तेबहादुर विकले बताए । ‘हरेक वर्ष वडाका असहाय व्यक्तिलाई चिसो मौसमका बेला सम्मान स्वरूप न्यानो कम्बल वितरण गर्दै आएको छ’, विकले भने ।


एकै वर्षमा बजेटले धान्न नसक्ने हुँदा यस वर्ष छुटेका असहाय व्यक्तिलाई अर्काे वर्ष कम्बल वितरण गरिने उनले बताए । 


चालू अर्थिक वर्षमा लक्षित वर्गका नागरिक सम्मान कार्यक्रमका लागि साढे २ लाख रुपैयाँँ विनियोजन गरेकाले सोही बजेटबाट कम्बल वितरण गरिएको हो ।


हिमाली जिल्ला रुकुम पूर्वमा चिसो यामलाई लक्षित गरेर ३ वटै स्थानीय तहका अन्य वडाले पनि ज्येष्ठलगायतका नागरिकलाई न्यानो कपडा वितरण गरिरहेका छन् ।