close

स्थानीयको कुटाइबाट वडाध्यक्ष गम्भीर घाइते

स्थानीयको कुटाइबाट वडाध्यक्ष गम्भीर घाइते

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष माथि स्थानीयले हातपात गरेका छन् । गम्भीर घाइते भएका वडाध्यक्षको शरिरमा  ६ वटा टाका लगाइएको छ । श्रीनगरको थलान्ल मोडदेखि कल्ख्या सम्मको सडक अनुगमनमा गएका जनप्रतिनिधिको टोली माथि स्थानीयले हात गरेका हुन् ।


प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको अदानचुली गाउँपालिका वडा एकका वडाध्यक्ष थापा सहित गाउँपालिका टोली अनुगमन गएको समयमा एक्कासी वडाध्यक्ष थापा माथि ढुङगाले हानेर गम्भिर घाइते बनानउनुका साथै टाउँको ६ वटा टाका लगाएको बताइएको छ ।

 

वडाध्यक्ष थापाले प्राविधिकको सर्बे विना श्रीनगरको सडक मनपरी ढंगले काट्न नहुने भन्दै सम्झाउन खोज्दा एक्कासी मान वहादुर थापा, बरुण महतारा, देवी परियार, धन बहादुर परियार र तुलबिर लुवार लगायतले ढुङगा मुडाले हान्दा वडाध्यक्ष थापा सहित तीनजना घाइते भएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

 

वडाध्यक्ष थापा माथि हातपात गर्ने मान वहादुर थापा, बरुण महतारा,देवी परियार, धन बहादुर परियार र तुलबिर लुवारले नियम विपरीत सडक निर्माण गरेको बताइएको छ । वडाध्यक्ष थापाको टाउको, मुख र शरिरमा चोट लाग्नुका साथै गम्भीर घाइते भएको बताइएको छ ।

 

घाइते हुने वडाध्यक्ष रग थापा, स्थानीय दिपक थापा, र मक्क थापा गरी तीनजनाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।    श्रीनगर र गल्फागाड प्रहरी चौकीका गरेर २५ जनाको टोली श्रीगर पुगेको छ ।  यसअघि  गत २२ साउनमा यही स्थानमाा नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच पनि झडप भएको थियो ।