close

मतपत्रको पर्खाइमा अछामका १ लाख ५० हजार नागरिक

मतपत्रको पर्खाइमा अछामका १ लाख ५० हजार नागरिक

Trulli
ADVERTISEMENT

अछाम- अछाम जिल्लामा मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन तथा मतदाता नामावली अद्यावधिक गर्ने कामको थालनी गरिएको छ ।

 

साविकका १२९ मतदान स्थल र १ सय ९७ मतदान केन्द्र रहेकोमा ७ वटा नयाँ मतदानस्थल थपिने भएको छ । सोही बिषयमा छलफल भएको निर्वाचन कार्यालय अछामले जनाएको छ ।

 

जिल्लाको साफेबगर नगरपालिका वडा नं. ३, ढकारी गाउँपालिका ६ र ७, तुर्माखाद गाउँपालिका–८ का मतदातालाई अन्यत्र भोट हाल्ने व्यवस्थाका लागी प्रस्ताव आएको निर्वाचन कार्यालयका सुचना अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिए ।


प्रस्तावको तथ्यगत र कागजी प्रमाणको आधारमा मतदानस्थल र केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा सिफरिस गर्ने कार्यविधि छ । निर्वाचनका लागी बैठक बस्ने र प्रशासनिक रुपमा समेत काम अघि बढिरहेको सुचना अधिकारी थारुले बताए ।

 

मतदाता नामावली अद्यावधिकका लागी स्थानीय तहको केन्द्रमा फोटो सहितको मतदाता नामावली पठाउन थालिएको छ । १५ माघबाट स्थानीय तहको केन्द्रमा पुगेर त्रुटी सच्याउने, दाबी बिरोध गर्ने काम अघि बढेको उनले जानकारी दिए ।


यस्तै कार्यालयले बिद्यालय स्तरीय निर्वाचन शिक्षा कार्यक्रम समेत संचालन गरेको छ । तुर्माखाद गाउँपालिका र मंगसेन नगरपालिका गरेर तीन माध्यामिक विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सकिएको र दश स्थानीय तहका १५ माविमा निर्वाचन शिक्षा कार्यक्रम तय गरिएको छ । गत  ५ पुससम्म अछाममा मतदान गर्न योग्य संख्या १ लाख ५० हजार ८४ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।