close

चौदण्डीगढीको वडा नम्बर १ ले बनायो स्वास्थ्य चौकी भवन

चौदण्डीगढीको वडा नम्बर १ ले बनायो स्वास्थ्य चौकी भवन

Trulli
ADVERTISEMENT

बेल्टार– उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ चौदण्डीगढीस्थित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । ६ कोठे पक्की भवनको आइतबार कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसंघीय सांसद डा. नारायण खड्काले उद्घाटन गरे ।

 
आर्थिक वर्ष २०७६/०७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २५ लाख र आव २०७७/०७८ को चौदण्डीगढी नगरपालिकाको बजेटबाट विनियोजित रकम २५ लाख गरी ५० लाख रुपैयाँमा उक्त भवन निर्माण भएको हो ।

 

स्नान र शौचालय कक्षसहित ६ कोठे भवन उपभोक्तामार्पmत निर्माण भएको हो । पूर्वसहरी विकासमन्त्री तथा सांसद खड्काले स्थानीयको स्वास्थ्य अवस्थामा परिवर्तन ल्याउन भवन निर्माणमा सहयोग गरेको बताए । उनले भने, ‘जिम्मेवारीका आधारले मेरै निर्वाचन क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध गराउन स्वास्थ्य चौकी निर्माण गरिएको हो ।’

 

स्वास्थ्य चौकीमा आवश्यक दक्ष जनशक्ति र उपकरणको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता डा. खड्काले गरे । कार्यक्रममा प्रदेशसभा सांसद हिमाल कार्कीले स्वास्थ्य चौकीका लागि सहयोग गर्न तयार रहेको बताए ।

 

उद्घाटन कार्यक्रममा नगरप्रमुख खगेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, नगर स्वास्थ्य उप–संयोजक तेजबहादुर पोखरेललगायतले शुभकामना दिएका थिए । स्वास्थ्य चौकी निर्माणका लागि १ रोपनी जग्गा उपलब्ध गराउने भीमप्रसाद सेढाईंलाई कदरपत्रसहित सम्मान गरिएको वडाध्यक्ष रोहितमान तामाङले बताए ।