close

नेपाल-भारत सीमास्तम्भ निरीक्षण 

नेपाल-भारत सीमास्तम्भ निरीक्षण 

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीमा नेपाल-भारत सीमा क्षेत्रका स्तम्भहरूको अवलोकन तथा निरीक्षण गरिएको छ ।पश्चिम नवलपरासीका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिका भारतीय सीमासँग जोडिन्छन् ।


प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको नेतृत्वमा सीमा क्षेत्र पुगेको टोलीले सीमा अवलोकन तथा निरीक्षण गरेको थियो । ती पालिकाअन्तर्गत पर्ने नेपाल-भारत दसगजा (सीमा) मा रहेका विभिन्न सीमास्तम्भको शनिबार निरीक्षण गरिएको हो ।


टोलीमा जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसी, सशस्त्र प्रहरी बल हेडक्वार्टर २६ नं. गण बेलासपुरका प्रमुख महेश अधिकारीलगायत थिए ।

 

टोलीले जिल्लाको रगरगञ्ज, गेर्मा, मुडेरा, गोपालपुर, महेशपुरलगायत ठाउँका स्तम्भ अवलोकन गरेको हो । त्यहाँ रहेका पिलर नं. ५०९ र १, ५०९, ५०८ र १, ५०८, ५०७, ५०६ को निरीक्षण गरिएको टोलीले जनाएको छ ।

 

निरीक्षणका क्रममा गेर्मामा अवस्थित पिलरलाई रगंरोगन गर्नुपर्ने देखिएको टोलीले बताएको छ ।