close

सुस्ता बचाउ अभियन्ता मियाँको निधन  

सुस्ता बचाउ अभियन्ता मियाँको निधन  

Trulli
ADVERTISEMENT

नवलपरासी- सुस्ता बचाउ आन्दोलनकर्मी इन्ताफ मियाँको निधन भएको छ । मियाँको ७२ वर्षको उमेरमा निधन भएको हो । 

 

उनको मृत्युपछि सुस्ताबासी चिन्तित भएका छन् । सुस्ता भूमि जोगाउन सीमामा भारतीय ज्यादतीविरुद्ध लड्दै आएका स्थानीयलाई मियाँको निधनले शोकमा डुबाएको छ ।

 

‘हामीले एउटा पिलर गुमायौँ’, सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवाल भन्छन्, ‘मियाँले देखाएको बाटो हिँड्ने प्रण गरेका छौँ । उनी हाम्रा लागि प्रेरणा-स्रोत थिए ।’

 

मियाँले सुस्ताको हरेक समस्यामा चासो राख्थे । ढल्कँदो उमेरमा पनि स्वास्थ्यको ख्याल नराखेर सुस्तासम्बन्धी हरेक कार्यक्रममा सहभागी हुन्थे ।


उनले सुस्ता भूमि बचाउन पटक-पटक काठमाडौँ जान स्थानीयलाई प्रेरित गर्दै आन्दोलनमा सघाउ पुर्‍याउँथे ।


सीमारक्षकको उपमा पाएका मियाँलाई सुस्ताबासीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरे ।