close

वडाध्यक्षको निधनमा गाउँपालिका बन्द

वडाध्यक्षको निधनमा गाउँपालिका बन्द

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरसीको हुप्सेकोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष चित्रबहादुर कानुङको बुधबार बिहान निधन भएको छ । ४५ वर्षीय कानुङको मृत्यु भएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।


मंगलबार खाना खाएर घरमा सुतिका उनी बिहान पिसाब फेर्न बाहिर निस्केको र पछि सुत्न लाग्दा अचानक खाटबाट लडेर बेहोस भएका थिए । बेहोस भएका उनलाई परिवारले मध्यबिन्दु जिल्ला अस्पताल लगेको केही बेरमै मृत घोषित गरेको थियो ।


जुगेपानी घर भएका उनको मृत्युको शोकमा बुधबार गाउँपालिका र मातहतका वडा कार्यालय बन्द गरिएको छ । 


मृतक कानुङको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान गाउँपालिका कार्यालय परिसरमा राखिएको थियो भने दिउँसो शवयात्रासहित अन्तिम दाहसंस्कार गरिएको थियो ।