close

देशभरका १६ कर्मचारीलाई छात्रवृत्तिमा कोरिया पठाइँदै

आवेदनका लागि ६ चैतसम्मको म्याद 

देशभरका १६ कर्मचारीलाई छात्रवृत्तिमा कोरिया पठाइँदै

आवेदनका लागि ६ चैतसम्मको म्याद 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययन, तालिम छात्रवृत्तिमा मनोनयन गर्न देशभरका सबै निकायलाई आह्वान गरेको छ ।

 

दक्षिण कोरियास्थित कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीमा दीर्घकालीन अध्ययनका लागि मन्त्रालयले देशभरका सबै निकायमा कार्यरत निजामती कर्मचारीलाई मनोयन गर्न आउँदो ६ चैतभित्रको समय दिएको हो । 

 

निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) दफा ४०(ख)३ बमोजिम दिइने छात्रवृत्तिका लागि मनोनयन गर्न मन्त्रालयले आह्वान गरेको छ ।

 

मन्त्रालयले सम्बन्धित सेवा,समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा सहायक स्तरका कर्मचारीलाई प्राथमिकता दिई आवेदन दिनुपर्ने भनिएको ।

 

उम्मेदवार मनोनयन गर्दा कार्यक्रमसँग असम्बन्धित व्यक्तिको मनोनयन भई सम्बन्धित संस्थाबाट कन्फर्मेसन नआए सो निकायलाइ २ पटकसम्म छात्रवृत्तिमा समाबेश नगरिन मन्त्रालयले बताएको छ ।

 

सम्बन्धित निकायले उपर्युक्त उम्मेदवार मनोनयन गरी मनोनीत कर्मचारीको नाम, संकेत नम्बर, सम्पर्क नम्बर र इमेल ठेगानासमेत समावेश संलग्न राखी उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।

 

मन्त्रालयका अनुसार सोसल इकोनोमी विषय, पब्लिक म्यानेजमेन्ट एन्ड पब्लिक सेक्टर रिफर्म र ई-गभर्मेन्ट एन्ड पब्लिक म्यानेजमेन्टमा प्रत्येकमा ४-४ जना कर्मचारीलाई यो तहको वैदेशिक अध्ययन, तालिम छात्रवृत्ति प्रदान गरिनेछ । 

 

यस्तै, जेन्डर एन्ड रुरल कम्युनिटी डेभलपमेन्ट विषयमा महिला कर्मचारीका लागि मात्रै थप ४ जनालाई वैदेशिक अध्ययन, तालिम छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ । 


 टोलीमा रही नागरिकका विवरण संकलन गर्न १ सय जना विवरण दर्ता अपरेटर माग गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

 
यो जनशक्ति खुला प्रतिस्पर्धाबाट करारमा भर्ना लिन विभागले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाइ अनलाइनमार्फत दरखास्त दिन भनेको छ । विभागले थप १ सय जना जनशक्तिलाई रोस्टरमा राख्नेसमेत जनाएको छ ।