close

कालीकोटमा खुल्याे भूमि आयोगको कार्यालय

कालीकोटमा खुल्याे भूमि आयोगको कार्यालय

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटमा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घघाटन गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा रहने गरी स्थापना भएको कार्यालय उद्घाटन भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धीरबहादुर बमले गरे ।

 

सरकारले देशैभरि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि समिति बनाएर काम गर्न प्रत्येक जिल्लामा कार्यालय खोल्ने क्रममा कालीकोटमा पनि उद्घाटन गरिएको हो ।

 

२०७१ मा सरकारले सुकम्बासी आयोग बनाए पनि काम हुन सकेको थिएन । ७ वर्षसम्म आयोगविहीन रहेको कालीकोटमा पछि समिति नै भंग भएको थियो ।

 

आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न लगत संकलनका लागि कार्यालय स्थापना गरिएको अध्यक्ष बमले बताए । उनले भने, ‘भूमिसम्बन्धी ऐन (आठौं संशोधन) २०७६ अनुसार नै आयोगले काम गर्नेछ ।’ 

 

उक्त कार्यक्रममा सहभागीले भने भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलिया सक्रिय रहनेतर्फ सचेत रहन सुझाए । 


आयोगले अहिलेसम्म खाँडाचक्र नगरपालिकासँग सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न सम्झौता गरेको छ ।