close

हिलो-धुलो हटाउन सडक जाममा उत्रिए वीरेन्द्रनगरवासी 

हिलो-धुलो हटाउन सडक जाममा उत्रिए वीरेन्द्रनगरवासी 

Trulli
ADVERTISEMENT

सुर्खेत- धुलोको हैरानी खपिनसक्नु भएपछि सुर्खेतको वीरेन्द्रनगर बजार हटियालाइन सडक स्थानीय व्यवसायीले बन्द गराएका छन् । लामो समयसम्म सडक निर्माण हुन नसकेपछि सास्ती खेप्नु परेको भन्दै स्थानीय व्यवसायीले सडक अवरुद्ध गरेका हुन् ।


आईएमई चोकदेखि उत्तर नेकपा पार्टी कार्यालयसम्मको बाटो लामो समयसम्म कालोपत्रे नहुँदा धुँवा-धुलोको सास्ती खेप्नुपरेपछि बाध्य भएर सडक अवरोध गर्नुपरेको स्थानीय बताउँछन् ।


स्थानीय व्यवसायी कुसुम रावल भन्छन्, ‘निर्माणाधीन सडक समयमै कालोपत्रे नहुँदा धुँवा-धुलोका कारण सास्ती भोग्नु परेको छ । कालोपत्रे गर्न पटक-पटक आग्रह गरिए पनि सुनुवाइ नभएपछि बन्द गराएका हौँ ।’


अव्यवस्थित सडकका कारण दिनहुँ गुड्ने सवारीले पसलका काउन्टरसमेत फुटेर क्षति हुने गरेको उनको गुनासो छ । निर्माण व्यवसायीले कालोपत्रे नगरेसम्म सडक अवरुद्ध गरिरहने उद्घोष गरेका छन् ।

 

उक्त सडक निर्माणको जिम्मा पिके कन्स्ट्रक्सनले पाएको छ । चैत मसान्तसम्म काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।


उक्त सडक प्रदेश सरकारको लागतमा निर्माण भइरहेको छ । सडक गत आर्थिक वर्षमै सम्पन्न भइसक्नुपर्ने भए पनि हालसम्म बेवारिसे छ ।