close

कर्णालीलाई कोषको साथ, वडाध्यक्षको भारतीय कार्ड (भिडियो खबर)

कर्णालीलाई कोषको साथ, वडाध्यक्षको भारतीय कार्ड (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) विकासमा हातेमालो गर्दै कोष 

 

कर्णाली प्रदेशका नगरपालिकाको पूर्वाधार निर्माणमा सहयोग गर्न नगर विकास कोषद्वारा सुर्खेतमा नगरप्रमुखहरुसँग छलफल, सहुलियत ऋण उपलब्ध गराउनुपर्ने कर्णाली प्रदेश प्रमुखको माग ।


२) वडाध्यक्षसँग भारतीय आधार कार्ड रहेको भन्दै प्रशासनमा उजुरी

 

मोरङको सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष नुरुल मियाँसँग भारतीय आधार कार्ड भेटियो, जिल्ला प्रशासन कार्यालय प¥यो उजुरी, मियाँलाई कारबाही गर्न वडा सदस्यको माग । 

 

३) राजमार्ग क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउने अभियान

 

काठमाडौंको चन्द्रागिरि नगरपालिकाद्वारा अनुमतिबिना राजमार्ग क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु, नयाँ सेवा प्रदायक कम्पनी र संस्थालाई स्वीकृत लिएर मात्र सेवा प्रदान गर्न नगरको आग्रह ।

 

४) पनौतीमा २३ फागुनदेखि कोरोनाको खोप

 

काभ्रेको पनौती नगरपालिकामा २३ फागुनदेखि ६५ वर्षमाथिका नगरवासीलाई कोभिड विरुद्घको खोप लगाइने,  वडाध्यक्षको उपस्थितिमा खोप लगाउने नगरस्तरीय खोप समन्वय समितिको निर्णय ।

 

५) लाहानको आफ्नै नगर प्रहरी

 

सिरहाको लाहान नगरपालिकाका नगरप्रमुख मुनी साहु सुडीद्वारा नगर प्रहरीलाई पोशाक हस्तान्तरण, अब नगर प्रहरी काममा खटिने ।  

 

६) सैनामैनामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने

 

रूपन्देहीको सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा दुधराक्ष युवा क्लबको आयोजनामा २१ फागुदेखि प्रथम मेयरकप बी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने, प्रतियोगितामा ३० समूहको सहभागिता रहने ।

 
७) शहीदभूमिका बाढीपीडितलाई राहत वितरण

 

धनकुटाको शहीदभूमि गाउँपालिकाद्वारा गत साउन भदौको वर्षाका कारण पूर्णरूपमा घर क्षति भएका अति विपन्न परिवारलाई राहत वितरण, प्रतिपरिवार नगद २० हजारसहित कम्बल प्रदान । 


८) सामाजिक सुरक्षा भत्ता बाँड्दै भक्तपुर

 

भक्तपुर नगरपालिकाले शुरु गर्यो सामाजिक सुरक्षा भत्ता वितरण, २१ फागुन सम्म प्रत्येक वडा कार्यालयमा भत्ता वितरण गरिने ।


९) हाब्रे संरक्षणमा स्थानीय सरकारको चासो

 

पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङका १४ स्थानीय तहमा समुदायमा आधारित रेडपाण्डा कार्यक्रम सञ्चालनमा, संकटापन्न बन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको संरक्षणका लागि समुदायलाई सचेत गराइने । 

 

१०) मेलमिलापकर्ता खोजी गर्दै रावाबेँसी

 

मेलमिलापकर्ता उत्पादनका लागि खोटाङको रावाबेँसी गाउँपालिकाले दियो तालिम, हरेक वडामा मेलमिलापकर्ता उत्पादन गर्ने योजना ।


११) ताँजाकोटका सबै वडा सडक सञ्जालमा 

 


हुम्लाको ताँजाकोट गाउँपालिकामा पाँच करोडमा २८ किलोमिटर सडक निर्माण, ५ नम्बर वडा बाहेक सबै वडा सडक सञ्जालसँग जोडियो । 


१२) सहकारीका प्रतिनिधिलाई तालिम

 

चितवनको  माडी नगरपालिकाको आयोजनामा माडी क्षेत्रभित्रका सहकारी संस्थालाई क्षमता अभिवृद्धि तालिम सञ्चालन, सहकारीको नीति, नियम, ऐन नियमावलीका बिषयमा कानुनी परामर्श प्रदान । 

 

१३) बेलारी खोलामा बन्यो पुल


पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित बेलारी खोलामा लुम्बिनी प्रदेश सरकारद्वारा पुल निर्माण, सुनवलदेखि पाल्पासम्म पहुँच विस्तार हुनुका साथै पर्यटकीयस्थल महल पोखरीको विकासमा टेवा पुग्ने अपेक्षा । 

 

१४) आँबुखैरेनीका कृषकालाई प्रविधि

 

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ का कृषि उत्पादक समहूलाई गाउँपालिकाद्वारा कृषि उपकरण सहयोग, आठ लाख बराबरको विभिन्न उपकरण अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको भनाइ  । 

 

१५) वडाको पहलमा सडक निर्माण


खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण, वडा कार्यालयको पहलमा बनेको सडक बडहरेबाट घोपाटारसम्म पुग्ने ।


१६)  लालपूर्जा पाएपछि स्थानीय दंग

पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीय खुसी, भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेपछि स्थानीयवासीमा खुसियाली । 


१७) गुठी संस्थानको भवन मौलिक शैलीमा बन्ने

 

भक्तपुर नगरपालिकाको गुठी संस्थान कार्यालय भवन मौलिक शैलीमा पुनर्निर्माण हुने, पुरातत्त्व विभागले ३५ फिटभन्दा अग्लो बनाउन नहुने सुझावपछि मन्दिरको १ तला घटाएर नक्सा स्वीकृत । 

 

१८) राप्तीले स्थानीय पाठ्यक्रम निर्माण गर्ने

 

दाङको राप्ती गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणका लागि विषयवस्तु छनोट गर्न कार्यशाला आयोजना, कार्यशालामा शिक्षा, स्थानीय पाठ्यक्रमको ढाँचाबारे कार्यपत्र प्रस्तुत । 


१९) क्षतिको प्रारम्भिक विवरण तयार

 

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट करिब ४० करोड रुपैयाँ बराबरको क्षति, मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको प्रारम्भिक विवरण तयार । 


२०) फुङ्लिङ र सिरिजङ्घाले भलिबल प्रतियोगिता गर्ने


ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने, प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजारका साथ रनिङ कप प्रदान गरिने ।