close

कावासोतीमा राष्ट्रिय परिचयपत्र अभिलेखीकरण अभियान

कावासोतीमा राष्ट्रिय परिचयपत्र अभिलेखीकरण अभियान

Trulli
ADVERTISEMENT

नवलपरासी– राष्ट्रिय परिचयपत्र अभिलेखीकरण अभियान कावासोती आइपुगेको छ । पूर्वी नवलपरासीको गैडाकोट र देवचुली नगरपालिकामा सकेर टोली कावासोती आइपुगेको हो । 


गैडाकोट र देवचुली नगरपालिकामा अभिलेखीकरणको काम सम्पन्न गरी टोली कावासोतीमा आइपुगेको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईले जानकारी दिए । 

 

गैडाकोट नगरपालिकामा ४३ हजार १ सय ६९ जना मतदातामध्ये ७० प्रतिशत अर्थात् ३० हजार २ सय १८ लक्ष्य रहेकामा ३६ हजार ५ सय ७४ जनाको अभिलेखीकरण भएको छ । 

 

देवचुली नगरपालिकामा ३२ हजार ३ सय ८ जना मतदाता रहेकामा २७ हजार ९ सय ९६ जनाको अभिलेखीकरण भएको पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए । 

 

अहिले कावासोती नगरपालिकाको वडा नम्बर १४, १५, १६ र १७ नं वडाबाट परिचयपत्र अभिलेख राख्ने काम सुरु भएको छ । नवलपुरमा ३ महिनामा सबै स्थानीय तहमा काम सक्ने लक्ष्य लिइए पनि अनुमानितभन्दा बढी मतदाता बढ्दा समयावधि बढ्ने सम्भावना रहेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

 

राष्ट्रिय परिचयपत्रको तथ्यांक संकलन भइसकेका पालिकामा छुटेकाका लागि जिल्ला प्रशासन कार्यालयमा तथ्यांक भर्न पाउने व्यवस्था छ । सरकारको डिजिटाइज नेपालको परिकल्पनाअनुसार राष्ट्रिय परिचयपत्र लागू गर्ने तयारी छ ।