close

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको सुन्दरहरैचा स्थित गोठ गाँउमा  हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा भएको दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


काठमाडौबाट यात्रु लिएर झापाको बिर्तामोड जादै गरेको बा४ख ६९६ नम्बरको हायस र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल राति १२ ः४० बजे ठोक्किएका थिए  ।


मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवाल छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 


दुर्घटनामा परेर हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका उत्सव गिरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।


 हायसमा रहेका अन्य यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकलमा आगो लागेको थियो । आगोले जलेर मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।