close

सिद्धिचरणमा बाल विकास सहजकर्तालाई मासिक सञ्चार शुल्क र थप भत्ता

सिद्धिचरणमा बाल विकास सहजकर्तालाई मासिक सञ्चार शुल्क र थप भत्ता

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नरपालिकाले बाल सिकाइलाई थप प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याएको छ ।

 

संरक्षण विषयगत क्षेत्र कार्यक्रमअन्तर्गत नगर क्षेत्रभित्र रहेका बाल विकास केन्द्र सञ्चालन सहजकर्तालाई प्रोत्साहन गर्ने नीति ल्याएको हो । यसअन्तर्गत  भत्ता उपलब्ध गराउने तथा मासिक सञ्चार शुल्क उपलब्ध गराउने नीति लिएको हो ।

 

नगरपालिकाका विभिन्न विद्यालयमा ६२  बढी बाल शिक्षण सहजकर्ता कार्यरत छन् । उनीहरूलाई नेपाल सरकारले मासिक ६ हजार रुपैयाँ तलबभत्ता दिँदै आएको छ ।

 

सामुदायिक विद्यालयका बालबालिकालाई दैनिक ४ घन्टा खेल्दै सिकाउने उनीहरूको कार्यक्षेत्र हो । तिनै बाल शिक्षण सहजकर्तालाई लक्षित गरी नगरपालिकाले यस वर्षबाट मासिक २ सय सञ्चार शुल्क र वार्षिक ५ हजार रुपैयाँ प्रात्साहन भत्ता उपलब्ध गराउन थालेको छ ।


नगरपालिकाको यस्तो निर्णय स्वागतयोग्य रहेको बाल शिक्षण सहजकर्ता सीता खनालले बताइन् । बालबालिकासँग खेल्दै सिकाउने उनीहरूलाई राज्यबाट भने हेपिएको गुनासो छ ।

 

ऊर्जाशील बालबालिकाको सेवामा लागेका उनीहरूलाई राज्यले पनि सहजकर्ता नभएर शिक्षिकाको भूमिका दिनुपर्ने माग छ ।

 

त्यसबाहेक उमेर हद कटेपछि बाल शिक्षण सहजकर्ताले खाली हात फर्कनुपर्ने बाध्यता रहेकाले त्यसबारे सम्बोधन हुने नीति आवश्यक रहेको बाल विकास सहजकर्ता अनिता दाहालको भनाइ छ । 

बाल शिक्षण सहजकर्ताको मागलाई सम्बोधन गर्दै नगरपालिकाले मासिक सञ्चार शुल्क र यस वर्षबाट वार्षिक प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेको हो ।

 

मासिक सञ्चार शुल्क र वार्षिक प्रोत्साहन भत्ता दिन लागेको नगरपालिकाले आगामी दिनमा पनि बाल शिक्षण सहजकर्ताको मागलाई सम्बोधन गर्ने भएकाले थप जिम्मेवार बन्न नगरप्रमुख मोहनकुमार श्रेष्ठले आग्रह गरे ।