close

बर्दिबास महोत्सवः तामझाम बढी, उपलब्धि कम

बर्दिबास महोत्सवः तामझाम बढी, उपलब्धि कम

Trulli
ADVERTISEMENT

महोत्तरी- कोभिड-१९  कारण लामो समयदेखि थलिएका निजी क्षेत्रको पर्यटन तथा व्यवसायिक प्रर्वद्धन गर्न स्थानीय तह  गृहकार्यमा जुटेका छन् । 

 

पर्यटन, व्यापार तथा कृषि उपजलाई बजारीकरण गर्न स्थानीय तहभित्र संघ-सस्थाहरूले आयोजना गरेको व्यापारिक महोत्सवहरूलाई स्थानीय सरकारले धमाधम अनुमति दिइरहेका छन् ।


महोत्तरीको बर्दिबास नगरपालिकामा तेश्रो पटक बर्दिबास महोत्सवको आयोजना गरिएको छ ।

 

अघिल्ला वर्षको तुलनामा यसवर्षको महोत्सवलाई फरक बनाउने भन्दै आयोजक पक्षले नया गृहकार्य गरिरहेको दावी गरेपनी महोत्सवको पाँचौ दिनसम्म आइपुग्दा अवलोकनकर्ताहरूले नयाँ स्वाद चाख्न भने पाएका छैनन् ।

 

नेपाल उद्योग बाणिज्य संघ बर्दिबास शाखाले आयोजना गरेको महोत्सवमा  स्थानिय कृषि उत्पादनलाई मुख्य प्राथमिकता दिने बताइए पनि महोत्सवमा नाच्ने, गाउने बाहेक बाहय र आन्तरिक पाहुनाहरूले खासै फरक महसुस गर्न नसकेको स्थानिय अवोलकनकर्ता माधव प्रसाद पौडेलको भनाइ छ ।

 

‘महोत्सवलाई जुन प्राथमिकताका साथ आयोजना गरिएको थियो त्यो  उद्धेश्यअनुसार केही देखिएन,’ उनले भने ।


पुरानै  तरिकाले १ सय ५० भन्दा बढी स्टलहरू, रोटे पिङ्ग, नाच्न, गाउन स्टेज बाहेक  कृषि र पर्यटनलाई प्रवर्द्धन गर्न  ध्यान दिएको देखिएको छैन ।


महङ्गो मूल्य निर्धारण गरिएकाले स्टल राख्न चाहनेले चासो नदेखाएको व्यापारीहरुको भनाइ छ । 


यता व्यापार नै गर्ने उद्धेश्यले स्टल राखेका कतिपय स्थानीय व्यापारी भने जस्तो व्यापार नभएको कारण निराश देखिएका छन । ‘महँगो पैसा तिरेर स्टल र बुकिङ्ग गरियो तर व्यापार नभएको देख्दा अचम्म लागेको छ,’ ती व्यापारी भन्छन् । 


आन्तरिक र बाहय गरी २ लाखभन्दा  बढी पाहुना भित्र्याउने  आयोजक पक्षको लक्ष्य छ । ८ चैत्रसम्म संचालन गरिने बर्दिबास महोत्सवले स्थानीय उत्पादनलाई जोड दिने बताए पनि महोत्सव भित्र देखिने चिया र नास्ता पसलले समेत महोत्सवलाइ  गिज्याइरहेका छन्  ।

 

‘हिमाल पहाड तराइ कोही छैन पराइ, एक आफसी सद्भावको पहिचान बर्दिबासलाई नमूना सहर बनाउने हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको महोत्सवभित्रका महत्वपूर्ण बिषयलाइ ध्यान पुर्‍याउन नसक्दा खल्लो भएको स्थानीयको गुनासो छ ।

 

स्थानिय कृषि उत्पादित सामाग्रीहरू अहिलेसम्म स्टलमा नदेखिनु बरु बाक्लै जुत्ता, चप्पल, खाना नास्ताका पसलहरू देखिनुले महोत्सव नाचगान हेरेर  र पिङ्ग खेलेर कमात्र  थकाइ मार्ने थलो बनेको छ ।