close

शिवराज नगरपालिको आठाैँ नगरसभा सम्पन्न

शिवराज नगरपालिको आठाैँ नगरसभा सम्पन्न

Trulli
ADVERTISEMENT

कपिलवस्तु/शिवराज- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ को सभाहलमा आठौँ नगरसभा सम्पन्न भएको छ ।

 

नगरसभाले नगरपालिकाको विनियोजन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक, २०७७ स्वीकृत गरेको छ ।

 

बैठकले विभिन्न निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । नगरसभामा सम्पूर्ण वडा सदस्य, कार्यपालिका सदस्य र वडाध्यक्ष तथा नगरपालिकाका शाखा प्रमुखको उपस्थिति थियो ।

 

नगरपालिका प्रमुख नेत्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख शिवकुमारीले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।