close

खोलानाला छड्के जाँचमा निस्किए नगरप्रमुख 

खोलानाला छड्के जाँचमा निस्किए नगरप्रमुख 

Trulli
ADVERTISEMENT

कपिलवस्तु/शिवराज- कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले मैनार खोला, सुरही खोला फेज १, २, ३ गरी ४ वटा खोला नाकामा छड्के अनुगमन गरेका छन् ।

 

मैनार र सुरही खोलाबाट ढुंगा, गिटीको चोरी निकासी र नदी किनारमा अवैध उत्खनन भएको जनगुनासोपछि नगरप्रमुख अधिकारीले छड्के अनुगमन गरेका हुन् ।

 

शिवराजले पुसदेखि मैनार र सुरही खोलाबाट ढुंगा, गिटी र बालुवा निकासी खुला गरेको छ । खोलाबाट हुने ढुंगा र गिटीको अवैध चोरी निकासी भए-नभएबारे बुझ्न नियमित अनुगमन थालिएको नगरप्रमुख अधिकारीले बताए ।

 

मैनार र सुरही खोलाबाट ढुंगा, गिटी बोक्ने ट्रयाक्टर एवं टिपरले राजस्व तिरे-नतिरेको, खोलाको गहिराइ र मापदण्डअनुसार उत्खनन भए-नभएबारे अनुगमन गरिएको अधिकारीको भनाइ छ ।

 

अनुमगनमा शिवराजका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, वडा नम्बर १ का वडाध्यक्ष जगतबहादुर जिसी पनि सहभागी थिए ।