close

राष्ट्रपति रनिङ सिल्ड खेलाउँदै गल्याङ

राष्ट्रपति रनिङ सिल्ड खेलाउँदै गल्याङ

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको गल्याङमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । गल्याङ नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर १ मालुंगामा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा गल्याङ नगर अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको हो ।


कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले नगरबाट भइरहेका राम्रा काममा अवरोध नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे । विकास सबैका लागि भएकाले राम्रा कामको विरोध गर्न नहुने उनको भनाइ । 


नगरपालिकाबाट भइरहेको बहुप्रतिष्ठित रामनदीधामको बृहत्तर गुरुयोजनामा अवरोधको प्रयास भइरहेको प्रसंगबारे नगरप्रमुख अधिकारीले यस्तो बताएका हुन् ।


सार्वजनिक माध्यमिक विद्यालयमा रहेका खेल मैदानको थप विकासका लागि १० लाख रुपैयाँको व्यवस्थापन गर्ने प्रतिबद्धता उनले जनाए ।गल्याङले प्राविधिक शिक्षालाई जोड दिइरहेको भन्दै नगरप्रमुख अधिकारीले कृषि र इन्जिनियरिङ क्षेत्रमा पनि कक्षा गर्न थालिएको जानकारी दिए ।

 

विद्यार्थीको रचनात्मक क्षमता विकासमा रनिङ सिल्ड प्रतियोगिताले सघाउ पुग्ने विश्वास उनको छ । नगरपालिका उपप्रमुख देवीसरा थापाले गल्याङको पहिचानका लागि यो प्रतियोगिता महत्त्वपूर्ण हुने बताइन् । प्रतियोगिताअन्तर्गत सय मिटर छात्रछात्रा दौड, ४ सय मिटर छात्रछात्रा दौड, लङजम्प, सर्टफुटलगायत खेल समावेश छन् ।