close

कर्मचारी संक्रमित भएपछि महाराजगन्ज नगरपालिका बन्द

कर्मचारी संक्रमित भएपछि महाराजगन्ज नगरपालिका बन्द

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि १ साताका कार्यालय बन्द भएको छ ।

 

नगरपालिकाले सूचना टाँसेर १७ वैशाखसम्म स्वास्थ्यबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी गराएको हो । 


नगरपालिकामा कार्यरत १ कर्मचारी र विद्युत् कार्यालयका अर्का कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 


नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहने नगरप्रमुख अब्दुलकलाम र प्रमुख प्रशासकिय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

 

नगरपालिकाका सबै वडा कार्यालय र सबै स्वास्थ्य संस्था यथावत सञ्चालन हुनेछन् । कपिलवस्तुमा हाल ७० जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।