close

वडाध्यक्षको मनोमानीविरुद्ध वडा कार्यालयमा लाग्यो ताला

वडाध्यक्षको मनोमानीविरुद्ध वडा कार्यालयमा लाग्यो ताला

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको औरही नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा वडाध्यक्ष विनोद पजियारले रासायनिक मल बिक्रेता नियुक्तिमा मनोमानी गरेको भन्दै स्थानीयले ताला लगाएका छन ।

 

रासायनिक मल बिक्रेता नियुक्ति गर्दा सम्बन्धित वडामा सञ्चालित कृषि सहकारी संस्थालाई प्राथमिकता दिनुपर्ने प्रावधान भए पनि वडाध्यक्ष पजियारले आफू अनुकूल बिक्रेता नियुक्ति गरेको भन्दै स्थानीयले शुक्रबार ताला लगाएका हुन् । 

 

औरही नगरपालिकाले रासायनिक मल बिक्रेता नियुक्ति गर्न १९ असोज २०७७ मा प्रथम पटक सूचना प्रकाशित गरे पनि विविध कारणले निर्णयमा पुग्न नसकेको बताउँदै १ चैत २०७७ मा कार्यपालिकाको बैठकले रासायनिक मल बिक्रेता छनोटको अधिकार सम्बन्धित वडालाई दिएको थियो ।

 

प्रथम पटक सूचना प्रकाशित भएकै बेला वडा नम्बर २ मा सञ्चालित साना किसान सहकारी संस्थाका सञ्चालक जयकिशोर यादवले सम्पूर्ण कागजातसहित आवेदन दर्ता गराए पनि वडाध्यक्षले आफ्नै नातेदार पर्ने किसान सेवा केन्द्रका सञ्चालक सुशील साहलाई मापदण्डविपरीत सिफारिस गरेको स्थानीयको आरोप छ ।

 

सर्वसाधारणलाई अनुकूल नहुने गरी स्वार्थ पूरा गर्न मनोमानी ढंगले अध्यक्ष पजियारबाट भएको निर्णय गलत भएको भन्दै स्थानीयले निर्णय फिर्ता लिन माग गरेका छन् ।

 

अध्यक्ष पजियारले मापदण्डविपरीत गरेको निर्णय अविलम्ब फिर्ता नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका दिएका छन् ।

 

रासायनिक मल बिक्रेता नियुक्ति प्रदान गर्ने निकाय नगरपालिका उपप्रमुख भएको र यसमा आफ्नो कुनै हात नरहेको वडाध्यक्ष पजियारको दाबी छ ।