close

कावासोतीका विद्यालय र हाटबजार बन्द

कावासोतीका विद्यालय र हाटबजार बन्द

Trulli
ADVERTISEMENT

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि नगरभित्रका विद्यालय १ साताका लागि बन्द गरिएको छ ।


आइतबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले विद्यालय र हाटबजार बन्द गर्ने निर्णय गरेको नगर स्तरीय विपद् व्यवस्थापन समितिका सदस्य शारदाप्रसाद अधिकारीले जानकारी दिए ।

 

नगरपालिकाको वडा नम्बर २ मा रहेको शिव माविमा कक्षा १० मा पढ्ने विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि कावासोतीका विद्यालय र हाटबजार बन्द गरिएको हो ।


२० वैशाखबाट सुरु हुने विद्यालय स्तरीय वार्षिक परीक्षा भने तोकिएकै मितिमा सञ्चालन हुने जनाइएको छ ।