close

कोहलपुर आइपुग्यो अक्सिजन लिक्विड

कोहलपुर आइपुग्यो अक्सिजन लिक्विड

Trulli
ADVERTISEMENT

बाँके- बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ ।


आइतबार दिउँसो १४ टन ‘अक्सिजन लिक्विड’ बोकेका ट्यांकरलाई अस्पताल परिसरमा ल्याइएको हो ।

 

वीरगञ्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्यांकमा भण्डारण गर्ने काम भइरहेको अस्पतालको कर्मचारी एसोसिएनका कुश्माखर बस्यालले जानकारी दिए ।

 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजनबिना कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै केही दिनदेखि कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको थियो ।