close

महामारी नियन्त्रणमा रुकुम पूर्वका स्थानीय तह एकजुट

रुकुम पूर्वका स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गरे ५ लाख

महामारी नियन्त्रणमा रुकुम पूर्वका स्थानीय तह एकजुट

रुकुम पूर्वका स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गरे ५ लाख

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- कोभिड-१९ महामारी नियन्त्रणका लागि रुकुम पूर्वका ३ वटै स्थानीय तहमार्फत ५-५ लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने जिल्ला स्तरीय समन्वय बैठकले निर्णय गरेको छ ।

 

उक्त रकम विपद् सामना गर्न जिल्ला विपद् व्यवस्थापन कोषमार्फत खर्च गरिने जिल्ला समन्वय समितिका सूचना अधिकारी विमला रोका श्रेष्ठले जानकारी दिइन् । उक्त बजेट खर्चका लागि ३ वटै गाउँपालिका अध्यक्ष रहने गरी जिल्ला स्तरीय बजेट खर्च व्यवस्थापन तथा समन्वय समिति गठन गरिने रोकाले बताइन् । 

 

यस्तै, जिल्लास्थित सरकारी कर्मचारी, जनप्रतिनिधि, निर्माण व्यवसायी, व्यक्ति र संघ-संस्थालाई स्वेच्छाले सहयोग गर्न आह्वान गरिएको छ । जिल्लामा अहिले कोरोना संक्रमितको उपचारका लागि बेड संख्या पर्याप्त छैन ।

 

पछिल्लो समय अक्सिजन दिएर उपचार गर्ने बिरामीको संख्या बढ्दै छ । यस्तो अवस्थामा अक्सिजन, औषधी उपकरण र जनशक्तिसहितको १०० बेड क्षमताको कोभिड विशेष अस्पताल सञ्चालनका लागि प्रदेश सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको छ ।

 

त्यसका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने निर्णय भएको सूचना अधिकारी रोकाले जानकारी दिइन् । 

 

बैठकले जिल्लामा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेहरूको दाहसंस्कार गर्न सिस्ने गाउँपालिका वडा नम्बर ६ को धाउने, वडा नम्बर ५ र भूमे गाउँपालिकाको वडा नम्बर ४ धौलापैरा क्षेत्रलाई तोेकिएको छ ।

 

जिल्लामा सक्रिय संक्रमितको संख्या २७ मध्ये ६ जना रुकुमपूर्व अस्पताल रुकुमकोटको आइसोलेसनमा उपचाररत छन् । बाँकी संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा बसेका छन् । 


सांसद ओलीले दिए १ महिनाको पारिश्रमिक

 

रुकुम पूर्वको प्रदेश निर्वाचन क्षेत्र (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सांसद् तेजबहादुर ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ महिनाको पारिश्रमिकबपतको रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

 

सांसद ओलीले कोरोना रोकथामका लागि १ महिनाको पारिश्रमिकबापतको ५० हजार रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

 


जिल्ला समन्वय समितिको कार्यालयमा दोस्रो भेरियन्टसहितको कोभिड-१९ सम्बन्धी शनिबार आयोजित जिल्ला स्तरीय समन्वय बैठकमा सांसद ओलीले नागरिकको जीवनरक्षाका लागि आफ्नो १ महिनाको पारिश्रमिक रकम सहयोग गर्ने घोषणा गरे ।