close

जताततै कोरोनाको कहर, संक्रमितलाई हौसला दिएर भुलाउने रहर (भिडियो खबर)

जताततै कोरोनाको कहर, संक्रमितलाई हौसला दिएर भुलाउने रहर (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो अस्पतालको व्यवस्थापनमा आर्थिक सहयोग जुट्दै, संघ-संस्था र व्यक्तिबाट रकम सहयोग ।


२) काभ्रेको नमोबुद्ध नगरपालिका ५ जेठ मध्यरातीदेखि एक साताका लागि सिल गर्ने निर्णय, नगर क्षेत्रमा कोरोनाका संक्रमित बढ्दै, बनेपा नगरपालिका पनि सिल ।

 

३) संक्रमण बढेपछि टोलटोलमा पुगेर कोरोना परीक्षण गर्दै काठमाडौं महानगरपालिका, १० हजार जनामा परीक्षण गर्ने पालिकाको लक्ष्य ।

 

४) कोरोना संक्रमणबाट सप्तरीको सप्तकोसी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको निधन भएपछि शोकमा जिल्लाका पालिका बन्द, जिल्लामा संक्रमित बढ्दै । 


५) दार्चुलाको अपिहिमाल गाउँपालिकामा कोरोनाको संक्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीले घरदैलो सेवा थाले, संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र औषधी वितरण गर्न स्वास्थ्यकर्मी परिचालन ।

 

६) कोरोना संक्रमितलाई घरघरै भेटेर मास्क-स्यानिटाइजर र पोषिलो खानेकुरा दिँदै सुर्खेतको भेरीगंगा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका सबै वडाहरूमा एकैसाथ अभियान सञ्चालन ।

 

७) अहिलेसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक नगर्ने स्थानीय तहको रकम कटौती गर्ने पञ्जीकरण विभागको चेतावनी, लागभ्राहीको नाम एकिन गरी लगत कट्टा गरिने ।

 

८) सल्यानको बागचौर नगरपालिकाद्वारा २५ शय्याको आइसोलेसन केन्द्र सञ्चालन, केन्द्रमा अक्सिजन सिलिन्डरको पनि व्यवस्था ।


९) स्याङ्जाको फेदीखोला गाउँपालिकाले कक्षा ८ को परीक्षाको नतिजा अनलाइनमार्फत प्रकाशन गर्‍यो, नतिजा पालिकाको वेबसाइटमा हेर्न सकिने ।

 

१०) तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष विष्णुविक्रम लिम्बूलाई कोरोना संक्रमण पुष्टि, ३० जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण ।

 

११) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रद्वारा गुल्मीमा निषेधाज्ञा १५ जेठसम्म थप, जिल्लाका स्थानीय तह कोरोना रोकथाम र नियन्त्रणमा थप सक्रिय ।

 

१२) रूपन्देहीको रोहिणी गाउँपालिकाले भीम अस्पताललाई दियो ५ लाख रुपैयाँ, कोभिड महामारीको समय पालिकाले सहयोग गर्दा अस्पताललाई राहत ।

 

१३) कैलालीको धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न उपमहानगरले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम बढ्दै, संघ-संस्था र व्यक्तिले सहयोग गर्दै ।

 

१४) कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषाको मिथिला नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय, पालिकाको कार्यालय १२ जेठसम्म बन्द हुने ।

 

१५) स्याङ्जाको वालिङ नगरपालिका-१० का वडाध्यक्ष अनन्तराज गैरेले चढ्दै आएको निजी गाडी कोरोना संक्रमित बोक्न दिने घोषणा, कोरोना नियन्त्रण गर्न पालिका पनि क्रियाशील ।

 

१६ ) सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले कोरोना महामारीको समय खटिने कर्मचारी र स्वास्थ्यकर्मीलाई खाइपाइ आएको तलबको ७० प्रतिशत भत्ता दिने निर्णय, पालिकाले आइसोलेसन पनि तयार पार्‍यो ।


१७) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने, ४५ बेडको आइसोलेसन अस्पतालसमेत सञ्चालन ।

 

१८) पर्साको जगरनाथपुर गाउँपालिकामा कोरोना संक्रमण भयावह बन्दै, परीक्षणमा ढिलाइ हुँदा जोखिम झन् बढ्यो ।

 

१९)  कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले २ वटा एम्बुलेन्स खरिद गर्‍यो, ६ जेठदेखि एम्बुलेन्स सञ्चालनमा ल्याउने ।

 

२०) कर्मचारीको कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१ को वडा कार्यालय १० जेठसम्म बन्द गर्ने निर्णय ।