close

कोरोनाको त्रास, जनप्रतिनिधिको साथ (भिडियो खबर)

कोरोनाको त्रास, जनप्रतिनिधिको साथ (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि तनहुँका पालिकाद्वारा प्रयोगशाला स्थापना गर्ने निर्णय, व्यास नगरपालिकाको दुम्सीबजार स्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा प्रयोगशाला स्थापना गरिने ।

 

२) पर्साको वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले जितिन कोरोना, ८८ वर्षिया कार्कीलाई संक्रमितको सेवामा खट्दाखट्दै भएको थियो कोरोना ।

 

३) सर्लाहीको हरिपुर नगरपालिका–४ का नगरकार्यपालिका सदस्य जनकराम महराको निधन, महराको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।

 

४) कोरोना संक्रमितको संख्या बढ्न थालेपछि चितवनको राप्ती नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय, पालिकाको कार्यालय १३ जेठसम्म बन्द हुने ।


५) रूपन्देहीको सैनामैना नगरपालिकामा सत्य संजाल संस्थाद्वारा निःशुल्क अटो एम्बुलेन्स सञ्चालन, नगरप्रमुख चित्रबहादुर कार्कीले गरे एम्बुलेन्स सेवाको शुभारम्भ ।


६) पर्साको ठोरी गाउँपालिकाले २० बेडको आइसोलेसन सेन्टर तयार पार्‍यो, जगरनाथपुर गाउँपालिकामा भने कोरोना संक्रमण भयावह बन्दै ।


७) कालीकोटको गाउँगाउँमा कोरोना संक्रमणका बिरामी भेटिन थाले, पलाता गाउँपालिकाका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि ।

 

८) कोरोना संक्रमित बढ्दै गएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले केवलानीमा तयार पार्‍यो कोभिड अस्थायी अस्पताल, अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई अक्सिजन दिन सकिने व्यवस्था ।


९) सल्यानको बागचौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रलाई जीवन बचाउ अभियान सल्यानले दियो विभिन्न सामाग्री, कोरोना नियन्त्रण गर्न पालिका पनि क्रियाशील ।


१०) कञ्चनपुरमा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा १५ जेठसम्म थप, जिल्लाका स्थानीय तह कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय ।

 

११) पालिकाका केही व्यक्तीमा कोरोना पुष्टि भएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको कार्यालय १० जेठसम्म बन्द गर्ने निर्णय, ताप्लेजुङका गाउँगाउँ पुग्यो कोरोना ।


१२) कोरोना संक्रमितलाई घरघरै भेटेर आयुर्वेदिक औषधि वितरण गर्दै मोरङको बेलबारी नगरपालिका, संक्रमितलाई अस्पताल जानु परे निशुल्क एम्बुलेन्सको पनि व्यवस्था ।


१३) कैलालीको धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न उपमहानगरले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम बढ्दै, संघ-संस्था र व्यक्तिले सहयोग गर्दै ।

 

१४) नुवाकोटको त्रिशूली अस्पतालमा आइसियु शय्या थप गर्न किस्पाङ गाउँपालिकाद्वारा दश लाख  सहयोग गर्ने निर्णय, अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै ।


१५) कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषाको मिथिला नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय, पालिकाको कार्यालय १२ जेठसम्म बन्द हुने ।


१६) ललितपुर महानगरपालिकाभित्र कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु, खोप लगाउनका लागि विभिन्न २९ ठाउँमा केन्द्र तोकिए ।


१७) चितवनको भरतपुर महानगरपालिकाले भरतपुरमा रहेका अस्पतालमा कोभिडको कारण मृत्यु हुनेको शव व्यवस्थापनको निम्ती परिवारलाई निशुल्क शववाहन र आर्थिक सहयोग उपलब्ध गराउने निर्णय, जिल्लामा संक्रमित बढ्दै ।


१८) होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेट्दै झापाको कन्काई नगरपालिकाका जनप्रतिनिधि, संक्रमण नियन्त्रण गर्न पालिका सक्रिय ।

 

१९) कोरोना संक्रमितलाई घरघरै भेटेर मास्क–स्यानिटाइजर र पोषिलो खानेकुरा दिँदै सुर्खेतको भेरीगंगा नगरपालिका, पालिकाले आइसोलेसन पनि तयार पार्‍यो ।

 

२०) काठमाडौं महानगरपालिकाद्वारा कक्षा–८ को परीक्षा वैकल्पिक विधिबाट मूल्यांकन गर्ने निर्णय ।