close

मेचीनगरमा स्वास्थ्यकर्मीलाई भत्ता, अदानचुलीमा उपाध्यक्षको चर्चा (भिडियो खबर)

मेचीनगरमा स्वास्थ्यकर्मीलाई भत्ता, अदानचुलीमा उपाध्यक्षको चर्चा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) नवलपरासीको रामग्राम नगरपालिकाद्वारा कोरोना संक्रमितको घरघरमै पुगेर औषधि वितरण गर्न सुरु, संक्रमितलाई स्वास्थ्यकर्मीमार्फत परामर्श दिने व्यवस्था ।

 

२) कोरोना रोकथाम र नियन्त्रणका लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाले युवा क्लबका प्रतिनिधिहरुसँग गर्‍यो जुममार्फत छलफल, कोरोनाका लक्षण देखिएकाहरुको स्वाब पनि संकलन ।


३) झापाको मेचीनगर नगरपालिकाले नगरमा रहेका कोभिडका बिरामीलाई निःशुल्क उपचार गर्ने, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई थप भत्ता उपलब्ध गराउने निर्णय ।


४) आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्ने रूपन्देहीको तिलोत्तमा नगरपालिकाको निर्णय, ३१ जेठमा विद्यालयले परीक्षाफल प्रकाशन गर्नुपर्ने ।


५) निर्माण व्यवसायी पिके श्रेष्ठद्वारा कञ्चनपुरको वेदकोट नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई ३ वटा अक्सिजन सिलिन्डर प्रदान, कोरोना नियन्त्रण गर्न पालिका पनि क्रियाशिल ।


६) काभ्रेको पनौती नगरपालिकाले कोरोनाको लक्षण देखिएकाको गर्‍यो स्वाब संकलन, नगर क्षेत्रमा संक्रमित बढ्दै ।


७) काठमाडौंको चन्द्रागिरि नगरपालिकाद्वारा ८ जेठ मध्य रातीसम्म औषधि पसल र स्वास्थ्य संस्थाबाहेक सबै सेवा बन्द गर्ने निर्णय, उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा थप कडाई ।


८) लमजुङको मर्स्याङ्दी गाउँपालिकाले कोरोना संक्रमण भएर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन थाल्यो,  संक्रमण बढेपछि पालिकाले परीक्षणको दायरा बढायो ।


९) पहिलो डोज चिनियाँ खोप लगाएर गाउँ पुगेकाहरुलाई स्थानीय तहमा नाम टिपाउन स्वास्थ्य मन्त्रालयको अनुरोध, उपत्यका छाडेका नागरिकलाई दोस्रो मात्रा खोप लगाउने व्यवस्था मन्त्रालयले मिलाउने ।


१०) कोरोना संक्रमितको संख्या बढ्न थालेपछि चितवनको राप्ती नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय, पालिकाको कार्यालय १३ जेठसम्म बन्द हुने ।


११) जारकोटको गाउँगाउँमा कोरोना संक्रमणका बिरामी भेटिन थाले, कन्ट्याक ट्रेसिङमा परेकाको समेत कोरोना परीक्षण नहुँदा गाउँभरी फैलियो कोरोना ।


१२) नुवाकोटको त्रिशूली अस्पतालमा आइसियु शय्या थप गर्न किस्पाङ गाउँपालिकाद्वारा दश लाख  सहयोग गर्ने निर्णय, अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै ।

 

१३) हुम्लाको अदानचुली गाउँपालिकाकी उपाध्यक्षको घर हुँदै बाटो खन्न थालिएपछि असन्तुष्ट पक्षको विरोधले निर्माण अवरुद्ध, निषेधाज्ञाको मौका छापेर बाटो खनिएको भन्दै स्थानीय आक्रोशित ।

 

१४) पालिकाका केही व्यक्तीमा कोरोना पुष्टि भएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको कार्यालय १० जेठसम्म बन्द गर्ने निर्णय, पालिकाले आइसोलेसन तयार पा¥यो ।


१५) रूपन्देहीको सैनामैनाले नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड अस्पताललाई स्वास्थ सामग्री खरिदका लागि सहयोग रकम जुट्दै, संघसंस्था र  स्थानीयले रकम सहयोग गर्दै ।


१६) संक्रमण बढेपछि टोलटोलमा पुगेर कोरोना परीक्षण गर्दै काठमाडौं महानगरपालिका, १० हजार जनामा परीक्षण गर्ने पालिकाको लक्ष्य ।


१७) स्याङ्जाको चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द, नगरमा कोरोनाका संक्रमित बढ्दै, ११ जेठसम्म पालिकाको कार्यालय बन्द ।


१८) तनहुँको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर कोरोना संक्रमित भेट्न घर-घरमा पुग्न थाले, घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा संक्रमित दंग ।


१९) बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना संक्रमण पुष्टि, पालिकाको सेवा पनि बन्द ।


२०) कालीकोटको रास्कोट नगरपालिकाले अस्पताल निमार्णका लागि गरेको ठेक्का रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठायो ।