close

मैदानमा हुटिङ होइन, अस्पतालमा प्राण माग्दै छन् फुटबलर 

मैदानमा हुटिङ होइन, अस्पतालमा प्राण माग्दै छन् फुटबलर 

Trulli
ADVERTISEMENT

गुल्मी- मोहन तरामु फुटबलका अब्बल खेलाडी हुन् । जो चिदिचौरमा फुटवलसँग कुद्दा कैयौले हुटिङ गर्थेे । कम बोल्थे । खेलमै धेरै परिश्रम गर्थे । त्यसैले उनी कुमारी र आसिटी क्लवबाट बि डिभिजनमा राम्रो खेल खेले । 

 

त्यो बाहेक जिल्लामा रेसुंगा र पुल्चोक, फोर्टिन स्टार लगायतका क्लवमा थुप्रै खेलहरु खेलेका छन् । साथै कैयौ फुटवल प्रतियोगितामा कोच र रेफ्रीको रुपमा काम गर्थे । उनै खेलाडी अहिले अस्पतालको बेडबाट प्राण मागिरहेका छन् । 

 

राजनीतिक दल कुर्सी मोहमा डुवेका छन् । कोभिड–१९ को संक्रमणको कारण अक्सिजन माग्दा माग्दै प्राण पखेरु त्यागेका छन् । 

 

राष्ट्रका गहना खेलाडी आर्थिक अभावका कारण उपचार गर्न नसकेर अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा छन् । उनलाई बचाउन परिवार र खेलाडीहरु सडकमा चन्दा संकलन गरिरहेका छन् । 

 

२६ बर्षीय मोहन सत्यवति ३ ठुलोलुम्पेक स्थायी घर भई लामो समयदेखि तम्घासमा बस्दै आएका छन् । उनी शुक्रबार पौडी खेल्न खोला झरे । फौडने क्रममा टाउको ढुङामा ठोकिएर गम्भीर चोट लाग्यो । उनको अहिले छातीदेखि तलको भाग चल्दैन । अचेत जस्तै छन् । 

 

मोहनका बुवा पुर्ण बहादुर तरामुले अस्पताल भर्ना गरेर शल्यक्रियाको तयारीमा रहेको बताए । ‘छोरा बोल्दैन, अस्पतालले भर्ना गरेर शल्यक्रियाको लागि रकम मागेको छ,’ उनले भने, ‘पैसा जुटाउनै नसकेर केही भन्न सकेको छैन ।’ 

 

अर्का फुटवल खेलाडी सागर आलेले खेलाडी मैदान गोटी मात्रै भएको प्रतिक्रिया दिए । ‘खेलाडी घाइते भएर ढल्यो उपचार गर्न चन्दा उठाउनुपर्ने कस्तो बिडम्बना,’ उनले भने, ‘खेलाडी खेल मैदानका लागि मात्रै भए ।’ 

 

नेपाल पत्रकार महासंघ गुल्मीले मोहनको लागि २५ हजार आर्थिक सहयोग गरेर सवैलाई उपचारमा सहयोग गर्न आव्हान गरेको छ । महासंघले खेलाडीको सम्पूर्ण उपचार सरकारले गर्न ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खेलाडी घाइते भएको बिषयमा प्रहरीलाई समेत जानकारी नभएकाले आफुले उपचारको बिषयमा समन्वय र सहजीकरण गर्ने बताइन् ।