close

अस्पताललाई सिलिन्डरका थान, खोप खरिदमा पालिकाको ध्यान (भिडियो खबर)

अस्पताललाई सिलिन्डरका थान, खोप खरिदमा पालिकाको ध्यान (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बागलुङ नगरपालिका-१४ द्वारा वडा स्तरीय विपद् व्यवस्थापन कोष स्थापना, कोषको रकम कोरोना रोकथाम र नियन्त्रणमा प्रयोग गरिने ।

 

२) लमजुङको मध्यनेपाल नगरपालिकाले एन्टिजेन विधिबाट पालिकाबासीको कोरोना परीक्षण गर्न थाल्यो, संक्रमितको घर-घर पुग्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी ।

 

३) कोरोन संक्रमितको उपचारका लागि स्याङ्जाको वालिङ नगरपालिकालाई स्थानीय र संघसंस्थाले रकम सहयोग गर्दै, रकम सहयोग गर्नेहरु बढ्दै ।

 

४) खोप खरिदका लागि पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिकासँगै स्याङ्जाको वालिङ नगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई पठाए पत्र, यसअघि उदयपुरका ८ पालिकाले गरेका थिए खोप खरिद गर्ने निर्णय ।

 

५) सोलुुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाकाले मुक्लीमा सञ्चालनमा ल्यायो अस्थायी कोभिड अस्पताल, कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्यत्र पुग्नुपर्ने बाध्यताको अन्त्य ।

 

६) कोरोना परीक्षणको दायर बढाउँदै काठमाडौं महानगरपालिका, १६ वटा केन्द्र मार्फत पिसिआर परीक्षण ।

 

७) अनलाइन वा वैकल्पिक विधिबाट वार्षिक परीक्षा सम्पन्न गर्न नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई भक्तपुरको चाँगुनारायण नगरपालिकाको निर्देशन, २२ जेठसम्म नतिजा शिक्षा शाखामा पठाउनु पर्ने ।

 

८) बाराको कोल्हवी नगरपालिकाका सामाजिक परिचालक मोहम्मद मंसी उल्लाहको कोरोना संक्रमणका कारण निधन भएपछि पालिकाले दियो शोक बिदा, पालिका मातहतका कार्यालय पनि बन्द ।

 

९) वैकल्पिक माध्यमबाट पठनपाठन अघि बढाउने विषयमा काभ्रेको पाँचखाल नगरपालिकाले जुम मार्फत ग‍र्‍यो छलफल, छलफलमा सरोकारवालाको सहभागिता ।

 

१०) ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने सरकारी गाडी कोरोना संक्रमितको सेवामा प्रयोग गर्ने निर्णय, गाउँपालिकामा ६५ जना पुगे सक्रिय संक्रमित ।


११) कैलालीको टीकापुर नगरपालिकाद्वारा टीकापुर अस्पताललाई २० थान अक्सिजन सिलिन्डर प्रदान, नगरपालिका कोरोना नियन्त्रणमा थप सक्रिय ।


१२) सामुदायिक वन उपभोक्ता महासंघ काभ्रेले पनौती नगरपालिकालाई  दियो विभिन्न स्वास्थ्य सामग्री, कोरोनाका संक्रमित बढेपछि नगरमा अत्यावश्यकबाहेकका सेवा बन्द ।


१३) कोरोना संक्रमितको घर-घर पुग्दै सिन्धुपाल्चाकको बाह्रबिसे नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी, संक्रमितलाई पौष्टिक अहार र औषधि प्रदान ।


१४) कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाउँदै काभ्रेको महाभारत गाउँपालिकाका जनप्रतिनिधि, पालिकाद्वारा १० बेड्को कोभिड अस्पताल सञ्चालन ।


१५) होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका संक्रमितलाई भेट्दै झपाको शिवसताक्षी नगरपालिकाकाका जनप्रतिनिधि, स्वास्थ्य सामग्री र औषधि पनि प्रदान ।


१६) ताप्लेजुङको सिरिजंघा गाउँपालिकाद्वारा कोरोनाा बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय, पालिकाले १० वटै स्वास्थ्य संस्थामा फिवर क्लिनिक पनि सञ्चालन गर्ने ।

 

१७) कोरोना परीक्षणको दायर बढाउँदै सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका, लक्षण देखिएकाहरुको पालिकाद्वारा टोल-टोलमा पुगेर परीक्षणका ।


१८) रामेछापको मन्थली नगरपालिकामा कोरोनाका संक्रमित बढेपछि अत्यावश्यकबाहेकका सेवा बन्द, १९ जेठसम्म नगरपालिका र वडा कार्यालयहरु बन्द हुने ।


१९) स्याङजाको फेदीखोला गाउँपालिकाका जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर कोरोना संक्रमित भेट्न घर–घरमा पुग्न थाले, घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा संक्रमित दंग ।


२०) अक्सिजन प्लान्ट सञ्चालन गर्न रकम जुटाउँदै भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषमा व्यक्ति र संघसंस्थाले रकम सहयोग गर्दै ।