close

संक्रमितलाई पौष्टिक आहार, पाँचखाल गर्छ घरमै पुगेर स्याहार (भिडियो खबर)

संक्रमितलाई पौष्टिक आहार, पाँचखाल गर्छ घरमै पुगेर स्याहार (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कोरोना संक्रमित बढेपछि काभ्रेका सबै पालिका सिल, नगर तथा गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द ।

 

२) काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण पुष्टि, गिरी बसे होम आइसोलेसनमा ।


३) तनहुँको म्याग्दे गाउँपालिकाले कोरोनाविरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग माग्यो अनुमति, दोस्रो लहरको कोरोना सुरु भएपछि म्याग्देमा ६४ जनामा संक्रमण ।

 

४) काठमाडौं महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालन,सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा गरे अस्पताल सञ्चालनको शुभारम्भ ।

 

५) सुनसरीको इटहरी उपमहानगरपालिकाद्वारा ‘उपमेयर सुत्केरी भेट’ कार्यक्रम सञ्चालन, पालिकाले सुत्केरीलाई घरमै पोषिलो खाद्यान्न पुर्‍याउन थाल्यो ।

 

६) वडा–वडामै पुगेर कोरोना परीक्षण गर्दै ताप्लेजुङको सिरिजंघा गाउँपालिका, कोरोनावारे जनचेतना जगाउन पालिकाद्वारा स्वास्थ्यकर्मी पनि परिचालन ।

 

७) काभ्रेको पाँचखाल नगरपालिकाद्वारा कोरोना संक्रमितको घर दैलोमा डाक्टर सेवा सुरु, संक्रमितको स्वास्थ्यमा कुनै समस्या आए जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्ने ।

 

८) कैलालीको धनगढी-उपमहानगरले वडा-वडामा गएर कोरोना परीक्षण गर्न थाल्यो, संक्रमित भएकालाई स्वास्थ्य सामग्री र औषधी पनि वितरण ।

 

९) दाङको तुलसीपुर उप-महानगरले संञ्चालन गरेको मेट्रो अस्पताललाई अक्सिजन खरिदका लागि गोरखा सेकेण्डरी स्कुलद्वारा एक लाख ५१ हजार आर्थिक सहयोग प्रदान, अस्पतालाई स्वास्थ्य सामग्री र रकम सहयोग गर्नेहरु बढ्दै ।

 

१०) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आर्थिक बर्ष २०७७ /०७८ को वैशाख ३१ गते सम्म भएको आम्दानी तथा खर्च विवरण सार्वजानिक, एक संस्थाले पालिकालाई दियो दुई सय थान पिपिई सेट ।

 

११) कपिलवस्तुको बाणगंगा नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई परामर्श दिन घरभेट कार्यक्रममा व्यस्त, प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन ।

 

१२) ललितपुरको महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाललाई कोरोना संक्रमण, दाहालको स्वास्थ्य अवस्था सामान्य ।

 

१३) आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा प्रकाशन गर्न ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले विद्यालयहरुलाई गर्‍यो पत्राचार, कक्षा ८ को वार्षिक परीक्षाको मूल्यांकनसमेत सोही आधारमा गर्नुपर्ने ।

 

१४) भक्तपुरको चाँगुनारायण नगरपालिकाले घुम्ती शिविरमार्फत पालिकाबासीको कोरोना परीक्षण गर्न थाल्यो,  कोरोनाको हट स्पट बनेको समुदायमा घुम्ती शिविर सञ्चालन  ।

 

१५) कोरोना संक्रमितको घर-घर पुग्दै सिन्धुपाल्चाकको बाह्रबिसे नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी, संक्रमितलाई पौष्टिक आहार र औषधि प्रदान ।

 

१६) कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाउँदै महोत्तरीको बर्दिवास नगरपालिका, गाउँ-गाउँमा स्वास्थ्यकर्मी परिचालन ।

 

१७) सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकालाई छिमेक लघुवित्त संस्थाद्वारा १५ हजार रुपैयाँ प्रदान,कोरोनाको लक्षण देखिएकाहरुको टोल-टोलमा पुगेर परीक्षण गर्दै नगरपालिका ।

 

१८) जिल्ला प्रशासन कार्यालय रूपन्देहीले २० जेठसम्म थप्यो निषेधाज्ञा, अत्यावश्यकबाहेकका सेवा बन्द, स्थानीय तह पनि कोरोना नियन्त्रणमा थप सक्रिय हुँदै ।

 

१९) कोरोना संक्रमितको घर-घर पुगेर स्वास्थ्य अवस्था बुझ्दै मोरङको लेटाङ नगरपालिकाका जनप्रतिनिधि, कोरोना नियन्त्रणमा सक्रियता बढाउँदै पालिका ।

 

२०) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीलाई पत्र पठायो ।