close

परीक्षणमा पालिकाको ध्यान, संक्रमित वडाध्यक्षको गयो ज्यान (भिडियो खबर)

परीक्षणमा पालिकाको ध्यान, संक्रमित वडाध्यक्षको गयो ज्यान (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कैलालीको धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न उपमहानगरले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम बढ्दै, संघ-संस्था र व्यक्तिले सहयोग गर्दै ।

 

२) ताप्लेजुङको सिरिजंघा गाउँपालिकाद्वारा कोरोनाका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्सको व्यवस्था, पालिकाले परीक्षणको दायरा पनि बढायो ।

 

३) टोल-टोलमा पुगेर कोरोना परीक्षण गर्दै भक्तपुरको चाँगुनारायण नगरपालिका, समुदायमा घुम्ती शिविर सञ्चालन ।

 

४) स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा कोरोनाको लक्षण देखिएका पालिकावासीको स्वाब संकलन, जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर कोरोना संक्रमित भेट्न घर-घरमा पुग्न थाले ।


  
५) सामुदायिक वन उपभोक्ता महासंघद्वारा ललितपुरको गोदावरी नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान, नगरप्रमुख गजेन्द्र महर्जनले बुझे स्वास्थ्य सामग्री ।

 

६) प्रदेश १ सरकारको योजना तथा आर्थिक मामिला मन्त्रालयले ताप्लेजुङका ९ सहित प्रदेशभरका सबै स्थानीय तहलाई राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण पठायो ।

 

७) कोरोना संक्रमित बढेपछि काभ्रेका सबै पालिका सिल, अत्यावश्यकबाहेकका सेवा पनि बन्द ।


८) कोरोन संक्रमितको उपचारका लागि स्याङ्जाको वालिङ नगरपालिकालाई स्थानीय र संघसंस्थाले रकम सहयोग गर्दै, रकम सहयोग गर्नेहरु बढ्दै ।


९) उदयपुरको कटारी नगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारहरुलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने, संक्रमितलाई स्वास्थ्य सागम्री पनि दिने निर्णय ।

 

१०) होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै भक्तपुर नगरपालिका, जुममार्फत परामर्श दिने व्यवस्था ।

 

११) कोरोना संक्रमितको घर-घर पुगेर स्वास्थ्य अवस्था बुझ्दै मोरङको लेटाङ नगरपालिका, कोरोना नियन्त्रण गर्न पालिका थप क्रियाशिल ।


१२) पाँचथरको हिलिहाङ गाउँपालिका-४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु, कोरोना संक्रमण भएपछि सिगुलाई पाँचथरबाट थप उपचारका लागि २९ वैशाखमा ल्याइएको थियो बिएण्डसी अस्पताल ।

 

१३) कैलालीको टीकापुर नगरपालिकाद्वारा कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णण, कोरोनाले नगरमा हालसम्म २९ जनाको मृत्यु ।

 

१४) चितवनको भरतपुर महानगरपालिकाले बढी राजश्व असुल्ने नाममा नारायणी नदीको दोहन गरेको भन्दै स्थानीय आन्दोलित, ठेक्का नलगाउन पटक-पटक आग्रह गरे पनि महानगरगले नटेरेको स्थानीयको आरोप ।

 

१५) काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा किसानले पालेको टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि ।