close

संक्रमितलाई जनप्रतिनिधिकाे साथ, बारपाकमा बढ्यो काेराेनाकाे त्रास (भिडियो खबर)

संक्रमितलाई जनप्रतिनिधिकाे साथ, बारपाकमा बढ्यो काेराेनाकाे त्रास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) स्याङ्जाको आँधीखोला गाउँपालिकाका जनप्रतिनिधि होम आइसोलेसनमा रहेका कोरोना संक्रमित भेट्न टोल–टोलमा पुग्न थाले, संक्रमितलाई औषधि पनि वितरण ।

 

२) कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि दाङको तुलसीपुर उपमहानगरपालिकामा घुम्ती शिविर सुरु, शिविरमा खटिएका स्वास्थ्यकर्मीले बिरामीलाई मनोपरामर्श पनि दिने ।

 

३) कैलालीको धनगढी उप–महानगरपालिकाद्वारा वडा नम्बर ७ मा अक्सिजन प्लान्ट स्थापनाका लागि संरचना निर्माण गर्न सुरु, मेयर कल्याणकारी कोषमा पनि रकम बढ्दै ।

 

४) जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि जाजरकोटको जुनीचाँदे गाउँपालिकाको सेवा बन्द, एक हप्ताका लागि सेवा बन्द गरिने ।

 

५) रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ गाउँमा ज्वरोका बिरामी बढ्न थाले, पालिकाले औषधि सहित गाउँमा स्वास्थ्यकर्मी पठायो ।

 

६) कैलालीको टीकापुर नगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउन थाल्यो, कोरोनाले नगरमा हालसम्म २९ जनाको मृत्यु ।

 

७) जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २५ जेठसम्म थप्यो निषेधाज्ञा, अत्यावश्यकबाहेकका सेवा बन्द, स्थानीय तह पनि कोरोना नियन्त्रण थप सक्रिय हुँदै ।

 

८) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले किसानलाई फलफूलका बिरुवा वितरण गर्ने, २२ जेठ भित्र कृषकले कृषि शाखा र पालिकामा सम्पर्क गर्नुपर्ने ।

 

९) खोप किन्न स्थानीय तह स्वास्थ्य मन्त्रालयसँग धमाधम अनुमति माग्दै, स्थानीय तहहरुले आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने ।

 

१०) काठमाडौं महानगरपालिकाद्वारा समुदायस्तरमा पुगेर कोरोना परीक्षण गर्न सुरु, ५ दिन सम्म उपत्यकाका विभिन्न स्थानमा परीक्षण गरिने ।

 

११) गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण एक सातामा १० जनाको मृत्यु, गण्डमी प्रदेशको स्वास्थय निर्देशनालयले आवश्यक औषधी तथा परीक्षण किटसहित चिकित्सकको टोली पठायो ।

 


१२) कञ्चनपुरको वेदकोट नगरपालिका १६ बेडको कोभिड अस्पताल सञ्चालन, संक्रमितले पाउने भए स्वास्थ्य उपचार ।

 


१३) सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाद्वारा विषम परिस्थितिमा कक्षोन्नतिको लागि विद्यार्थी मूल्याङ्कन निर्देशिका जारी, कोरोनाले विद्यार्थीको पठनपाठन प्रभावित ।

 


१४) कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाउँदै महोत्तरीको बर्दिवास नगरपालिका, गाउँ–गाउँमा स्वास्थ्यकर्मी परिचालन ।

 

 

१५) कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न पर्वतको जलजला गाउँपालिका आफैं सक्रिय, जलजलामा हालसम्म ११ जनाको मृत्यु ।

 

 

१६)  समुदायमा कोरोना फैलिएपछि परीक्षणको दायरा बढाउँदै गोरखाका स्थानीय तह, स्थानीय तहले आइसोलेसन पनि बनाए ।

 

 

१७) मोरङको पथरी शनिश्चरे नगरपालिकाको नगर अस्पताललाई पथरी शनिश्चरे युएई समाजद्वारा ६ वटा अक्सिजन सिलिण्डर प्रदान, अन्य व्यक्ति र संघसंस्थाले सहयोग गर्दै ।

 

 

१८) कोरोना संक्रमितको स्वास्थ्य सेवाको लागि काभ्रेको पाँचखाल नगरपालिकाका  जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमा पुग्न थाले, कोरोना नियन्त्रण गर्न पालिका थप क्रियाशिल ।

 

 

१९) सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाद्वारा कोरोनाको लक्षण देखिएका पालिकावासीको स्वाब संकलन, संकलित स्वाब परीक्षणका लागि पठाइयो ।


  

२०) झापाको कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल कोरोना संक्रमितको घर–घर पुगेर औषिधि बितरण गर्न ब्यस्त ।